कोरोना भाइरस संक्रमण कमजोर हुँदै गएको भन्दै पर्यटन व्यवसायीले पर्यटन क्षेत्रलाई चलायमान बनाउनुपर्नेमा जोड दिएका छन् । त्यसका लागि पर्यटकीय गन्तव्य खुला गर्दै व्यवसायीले व्यवसाय सुचारु गनुपर्ने उनीहरुले बताए ।...
ताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा पर्यटन व्यवसाय विस्तारै लयमा फर्कन थालेको छ । कञ्चनजंघा संरक्षण तथा व्यवस्थापन परिषद् कार्यालयका अनुसार गएको चार महीनामा ४३९ विदेशी पर्यटकले भ्रमण गरेका छन् ।
कोभिड–१९ का कारणले लामो समय सुनसानजस्तै रहेको कञ्चनजंघा हिमशृंखला क्षेत्रमा पर्यटकीय चहलपहल बढ्दै गएको छ । परिषद् कार्यालयका सचिव मनकुमार लिम्बूका यहाँ बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोत पर्यटन भएको बताउँछन् । ‘पर्यटकको आगमनले पर्यटन तथा होटल व्यवसायी उत्साहित भएका छन्,’ उनले भने । पर्यटकलाई लक्षित गरेर कञ्चनजंघा हिमाल जाने पदमार्गमा साना–ठूला लगानीका ५२ होटल सञ्चालनमा छन् ।
फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा रू. सात करोडभन्दा बढीको लगानीमा बनेको सिंगी नामजोङ होटल सञ्चालनमा छ । समुद्री सतहबाट तीन हजार ५०० मिटरदेखि चार हजार ५०० मिटर उचाइमा रू. एक करोडभन्दा बढी लगानीमा बनेका चार होटल सञ्चालनमा रहेको परिषद्को कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले जानकारी दिए ।
‘कोरोनाका कारण लामो समयसम्म यहाँ पर्यटकको आगमन हुन सकेको थिएन । पर्यटन व्यवसायी निराश भएका थिए । पहिल्लो समय पर्यटक आगमनले व्यवसायी उत्साहित भएका छन्,’ घुन्साका होटल व्यवसायी पेमा शेर्पाले भनिन् ।
आर्थिक वर्ष २०७६/७७ मा ३८६ पुरुष र १८६ महिला विदेशी पर्यटक कञ्चनजंघा क्षेत्रमा आएको परिषद्को तथ्यांकमा उल्लेख छ । २०५७ देखि २०७७ सालसम्म ११ हजार १९७ विदेशी पर्यटकले कञ्चनजंघा हिमालको अवलोकन गरेको परिषद्ले बताएको छ ।
कञ्चनजंघाको आधार शिविर पुग्न दुई पदमार्ग प्रयोग गरिँदै आएको छ । पाँचथरको गणेशचोक हुँदै ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका भएर पर्यटक कञ्चनजंघा हिमालको आधार शिविर पुग्छन् । काठमाडौंबाट हवाईमार्ग भएर ताप्लेजुङको सुकेटर विमानस्थलसम्म हुँदै फक्ताङलुङ गाउँपालिकाको बाटो प्रयोग गरी कञ्चनजंघाको आधार शिविर पुगिन्छ । यहाँ आउने पर्यटकको विवरण परिषद्ले राख्ने गरेको छ । रासस
काठमाडाैं । इस्वी संवतको नयाँ वर्ष सन् २०२३ भोलिदेखि सुरु हुँदै छ । विश्वभरी फैलिएको कोरोना संक्रमणका कारण थलिएर व्यूँतिएको पर्यटन व्यवसायले नयाँ अंग्रेजी वर्षसंगै लय पक्रिने व्यवसायीहरुको अपेक्षा छ । तर उत्तरी मित्र राष्ट्र चीनमा कोभिडको संक्रमण बढेसंगै यहाँका पर्यटन व्यवसायी त्रसित छन् । लाखौंको संख्यामा आउने चिनिया खर्चालु पर्यटकका रुपमा चिनारी कमाएका छन् […]
काठमाडौं, ११ असोज । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति सदस्य बिमला गौचनले पछिल्लो समयमा म्याग्दी जिल्लामा पर्यटन व्यवसाय धराशयी बनेको बताएकी छिन । छिमेकी जिल्लाहरुमा पर्यटन फस्टाउने गतिविधि देखिए पनि म्याग्दीमा भने चहलपहल कम हुँदै गएको उनको भनाइ थियो । पर्यटन दिवसको अबसरमा बेनीमा आज आयोजित पर्यटन प्रबद्र्धन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पर्यटन व्यवसायी समेत […]
चितवन – नेपालकै तेस्रो पर्यटकीय गन्तव्यका रूपमा रहेको चितवनको सौराहामा कोभिडले शिथिल पारेको पर्यटन व्यवसाय पुनः लयमा फर्किन लागेको छ । लामो समयदेखि कोभिड–१९ को मारमा परेका पर्यटन व्यवसायी चाडपर्व नजिकिएसँगै पर्यटकको आगमन बढ्ने आशमा छन् । उनीहरूले धमाधम चाडपर्व लक्षित छुट प्याकेज घोषणा गरिरहेका छन् ।
पछिल्लो समय आन्तरिक पर्यटकसँगै फाट्टफुट्ट विदेशी पर्यटकसमेत आउन थालेकाले यहाँको पर्यटनमा केही उत्साह थपिएको क्षेत्रीय होटल सङ्घ नेपाल सौराहाका अध्यक्ष दीपक भट्टराईले बताउनुभयो । सौराहाको पर्यटन व्यवसाय ...
कोरोनाका कारण दुई वर्षसम्म थला परेको पर्यटन व्यवसाय पुरानै लयमा फर्किन थालेको छ । अन्नपूर्ण पदमार्गमा आन्तरिक र बाह्य पर्यटक बढेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । कोरोनाले दुई वर्षसम्म सुनसान रहेको...
काठमाडौं । पर्यटन व्यवसायी संगठन नेपालले संस्कृति, पर्यटन तथा नागरिक उडड्यानमन्त्री प्रेमबहादुर आलेलाई बधाई तथा शुभकामना दिएको छ । मन्त्री आलेको निवासमै पुगेर व्यवसायीहरुले बधाई तथा शुभकामना दिएका हुन् । मन्त्री आलेलाई बधाईसँगै २१ बुदे सुझावसमेत व्यवसायीले दिएका थिए । कोभिड–१९ को महामारीले चीर निन्द्रामा सुतेको पर्यटन व्यवसाय पुनर्जीवन दिनका लागि बेथिति निमूल गरी नयाँ […]
The post मन्त्री आलेलाई पर्यटन व्यवसायी संगठन नेपालको शुभकामना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
पोखरा : कोरोना महामारीका कारण करिब दुई वर्षसम्म थलिएको पोखराको पर्यटन व्यवसाय बिस्तारै उठ्न खोज्दै छ।
सरकारले स्वास्थ्य मापदण्ड अपनाउँदै व्यवसाय सञ्चालन गर्ने अनुमति प्रदान गरेपछि बन्द रहेका होटल र रेस्टुरेन्टका ताला खुलेका छन्।
ताला खुले पनि पोखरामा पर्यटकको चहलपहल भने न्यून देखिन्छ। कोरोनाको पहिलो लहरको सामना गरिसकेको पोखराको पर्यटनले…
११ असार, वीरगञ्ज । वीरगञ्जका व्यवसायीले होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले आवश्यक स्वास्थ्य प्रोटोकल पुरा गरि होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्ने बातावरण बनाई दिन आग्रह गर्दै होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्त र महासचिव माधव बस्नेतले प्रमुख जिल्ला अधिकारी पिताम्बर […]
इलाम : गत वर्षको कोरोनाको कहरपछि तङ्ग्रिदै गएको इलामका पर्यटन व्यवसाय पुनः धरासायी बन्दै गएको छ। नयाँ भेरियण्टसहितको कोरोना संक्रमणको दोस्रो लहर सुरू भएसँगै इलामका पर्यटकीय क्षेत्र सुनसान हुन पुगेका हुन्। गत वर्षको दसैंदेखि इलामका पर्यटकीय गन्तव्य कन्याम, श्रीअन्तु, पानीटार, सन्दकपुरलगायतका क्षेत्रमा पर्यटक आउन थालेका थिए। तर‚ अहिले कोरोना संक्रमणको दर तीव्र बढ्न थालेपछि पर्यटकहरूको चहलपहल कमी हुन थालेको छ। जसको प्रत्यक्ष असर होटल व्यवसायी, पर्यटन व्यवसायी, कोसेली घर सञ्चालक र या