इलाम : गत वर्षको कोरोनाको कहरपछि तङ्ग्रिदै गएको इलामका पर्यटन व्यवसाय पुनः धरासायी बन्दै गएको छ। नयाँ भेरियण्टसहितको कोरोना संक्रमणको दोस्रो लहर सुरू भएसँगै इलामका पर्यटकीय क्षेत्र सुनसान हुन पुगेका हुन्। गत वर्षको दसैंदेखि इलामका पर्यटकीय गन्तव्य कन्याम, श्रीअन्तु, पानीटार, सन्दकपुरलगायतका क्षेत्रमा पर्यटक आउन थालेका थिए। तर‚ अहिले कोरोना संक्रमणको दर तीव्र बढ्न थालेपछि पर्यटकहरूको चहलपहल कमी हुन थालेको छ। जसको प्रत्यक्ष असर होटल व्यवसायी, पर्यटन व्यवसायी, कोसेली घर सञ्चालक र या