इस्लामाबाद : पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले यसअघिको इमरान खानको सरकारले देश कंगाल बनाएको चर्चा गर्दै पेट्रोलको मूल्य बढाउनुपरेको बताएका छन्।एक दिनअघि शाहबाज शरीफले पेट्रोलियम पदार्थमा दिइएको अनुदान हटाएका छन् र प्रतिलिटरमा ३० रुपैयाँ बढाएका छन्। उनले दुःखी हुँदै भारी मनले आफ्नो सरकारले तेलको मूल्य बढाउनुपरेको बताए। आफू गरिबको पक्षमा भएको दाबी गर्दै शाहबाजले २८ हजार करोड पाकिस्तानी रुपैयाँको राहत प्याकेज घोषणा गरेका छन्।यो राहत प्याकेजले पेट्रोल र डिजेलको मूल्यका कारण गरिबमाथिको बोझ कम गर