खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका विभिन्न स्थानमा कोसेलीको रुपमा ‘जङ्क फूड’को प्रयोग बढ्दै गएको छ ।
कोसेलीपातमा ड्यु, कोक, चाउचाउ, बिस्कुट लगायतका जङ्कफूडको अधिक प्रयोग हुन थालेको हाे । हलेसी तुवाचुङ नगरपालिकाको च्यास्मीटार, बाहुनीडाँडा, डिकुवा, बडहरे, दुर्छिम लगायतका राई समुदायको बसोबास रहेको स्थानमा पछिल्लो समय कोसेलीपातमा जाँड रक्सीसँगै ड्यु, कोक, स्प्राइट, चाउचाउ, बिस्कुट, कुरकुरे लगायतको प्रयोग बढ्दै गएको छ ।
दशैं तिहार, साकेला लगायतका चाडवाडका बेला भेटघाटका क्रममा आउने पाहुनाल...