२० चैत, काठमाडौं । तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिएको घटनामा जिल्ला प्रशासन कार्यालय, काठमाडौंका कर्मचारी पनि छानबिनको दायरामा तानिएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले गरेको अनुसन्धानमा यो प्रकरणमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा काम गरेका कम्तीमा ३ जना कर्मचारीको संलग्नता खुलेको छ । कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोज केसीका अनुसार तिब्बतीलाई […]