मार्भल सिनेमाटिक युनिभर्स (एमसीयू) को अहिलेसम्मकै सबैभन्दा अब्बल फिल्म साबित बनेर आयो, टम हल्यान्डको ‘स्पाइडर म्यान’ ट्रिलोजी ‘स्पाइडर म्यान : नो वे होम’ । यस फिल्मको कहानी त्यहींबाट सुरु हुन्छ, जहाँबाट सन् २०१९ मा आएको ‘स्पाइडर म्यान : फार फ्रम होम’ टुंगिएको थियो, जसमा पिटर पार्कर (टम) नै स्पाइडर म्यान भएको गुह्य मिस्टेरियोले दुनियाँसामु खुलासा गरिदिएको थियो ।