विराटनगर : गहुँगोरी‚ चिटिक्क परेको शरीर‚ झट्ट हेर्दा कुनै चलचित्रकी नायिका झैँ देखिन्थिन् उनी। उनी थिइन् विराटनगरको एक डान्स बारमा काम गर्दै आएको सिन्धुपाल्चोककी सपना तामाङ (नाम परिवर्तन)।२०७२ साल गएको भूकम्पले घरसँगै सपना भत्किएपछि सपना कामको खोजी गर्दै विराटनगरसम्म आइपुगेकी हुन्। भूकम्पपछि सपना सिधै विराटनगर आइपुगेकी भने होइनन्। सुरूमा काम खोज्दै गाउँबाट नजिकैको सहर काठमाडौं पुगेकी थिइन्।बढ्दो उमेरसँगै उनीसँग सपनाका चाङ पनि बढ्दै थियो। जीवन के हो भन्ने अलिअलि ज्ञान भएदेखि उनले सरका