काठमाडौं पछिल्लो महिना नेपालीको पहिलो श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (यूएई) बनेको छ। वैदेशिक रोजगार विभागका अनुसार सबैभन्दा धेरै मङ्सिरमा १८ हजार ४९३ जनाले श्रम स्वीकृति लिएका हुन्। अघिल्लो वर्ष मङ्सिरमा तेस्रो श्रम गन्तव्य देश थियो। शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, विभागका अनुसार चालु आर्थिक वर्षको मङ्सिरमा ७१ हजार २७६ जनाले श्रम स्वीकृति लिएकोमा यूएई पहिलो श्रम गन्तव्य देश बनेको हो। विभागका अनुसार कतारका लागि १४ हजार १५९ जनाले श्रम स्वीकृति लिँदा दोस्रो श्रम गन्तव्य देश भ