पदाधिकारी र केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने अधिकार ओलीलाई

११ मंसिर, काठमाडौं । नेकपा एमालेको बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्यहरुको नामावली प्रस्ताव गर्ने अधिकार केपी शर्मा ओलीलाई दिएको छ । शनिबार सौराहामा भएको बन्दसत्रमा नेता विष्णु पौडेलले यो प्रस्ताव राखेका हुन्, जसलाई अधिकांशले ताली बजाएर समर्थन गरेका छन् ।

सम्बन्धित सामग्री

पदाधिकारी र केन्द्रीय सदस्य प्रस्ताव गर्ने अधिकार ओलीलाई

काठमाण्डाै – नेकपा एमालेमा पदाधिकारी र केन्द्रीय सदस्य प्रस्ताव गर्ने अधिकार अध्यक्ष ओलीलाई दिइएको छ । चितवनको सौराहामा चलिरहेको दशाैँ महाधिवेशनको बन्द सत्रमा विष्णु पौडेलले गरेको प्रस्तावमा हलले समर्थन जनाएको हो । तर उपाध्यक्ष भीम रावलले भने यो प्रस्तावको विरोध गर्नुभएको छ । सहमतिबाट नेतृत्व चयनका लागि भन्दै शुक्रबार राति बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारी र केन्द्रीय कमिटीको संख्या थप गर्न निर्णय गरेको थियो ।