काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले किसानहरुलाई कार्ड उपलब्ध गराउने भएको छ । बैंकले हिमशिखर एग्रोसँगको सहकार्यमा बैंकको आधुनिक प्रविधि मैत्री किसान कार्ड सहित कृषि कर्जा सर्वसुलभ रुपमा उपलब्ध गराउन सम्झौता गरेकोे छ । मेगा बैंकको तर्फवाट माइक्रो एन्ड एग्रो फाइनान्सिङ विभागका प्रमुख पुण्य प्रसाद खनिया र हिमशिखर एग्रोका प्रमुख कार्यकारी अधिकृत प्रकाशचन्द्र घिमिरेले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । हिमशिखर एग्रोसँगको सम्झौता पश्चात मेगा बैंकले ग्रामीण भेगका किसानहरुलाई कृषि उत्