काठमाडौं, ९ असार । काठमाडौंमा एक महिलाको शव भेटिएको छ । बुढानीलकण्ठ नगरपालिका–३ की फुलमाया सुनारको शव मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सुनारको शव नगरपालिका–८ स्थित भंगालमा भेटिएको हो । महिलाको भित्रिवस्त्रसमेत च्यातिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। अनुसन्धानको लागि प्रहरीले एकजनालाई समेत नियन्त्रणमा लिएको छ ।