१० असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय परिषद सदस्यमा रामेछापका रामप्रसाद भण्डारीलाई नियुक्त गरेकी छन् । उनले प्रधानमन्त्रीको सिफारिसमा वरिष्ठ अधिवक्ता भण्डारीलाई न्याय परिषद सदस्यमा नियुक्त गरेकी हुन् । न्याय परिषद सदस्य लक्ष्मीबहादुर निरालाको वैशाख २१ गते निधन भएको थियो । उनकै ठाउँमा प्रधानमन्त्री केपी शर्मा ओलीले भण्डारीलाई सिफारिस गरेका थिए । न्याय परिषदले […]