सांस्कृतिक संस्थानले प्रदर्शनकारी कलाको परिधिभित्र रहेका विभिन्न पक्षलाई समेटेर सांस्कृतिक फोटो पुस्तक प्रकाशन गर्ने भएको छ। राजधानीमा हालै आयोजित पत्रकार सम्मेलनमा संस्थानका महाप्रबन्धक अशोक प्यासी राईले संस्थानले आगामी २०७९ असार ५ गते मनाउने ५०औं वार्षिकोत्सवका अवसरमा मौलिक भेषभूषा, गरगहना, जीवनशैली, रहनसहन, रीतिरिवाज, संस्कार, चाडपर्व, जात्राजस्ता प्रदर्शनकारी कलासँग जोडिएका जातीय एवं सांस्कृतिक महत्वका विभिन्न फोटो समेटेर […]