काठमाडौं, २७ पुष । राष्ट्रपति विद्यादेवी भण्डारीले काजी कालु पाँडेको दहचोकस्थित समाधिस्थल र सालिकमा माल्यार्पण गरेकी छन् । राष्ट्रपति भण्डारी ३०१औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी दहचोक पुगेकी हुन् । राष्ट्रपति भण्डारीले त्यहाँस्थित मनकामना मन्दिरमा दर्शनसमेत गरिन् । तत्कालीन गोर्खाली सेनाले राजधानीमा आक्रमण गर्नुअघि त्यो मन्दिर बनाइएको […]