प्रधानन्यायाधीश जबराले राजीनामा नदिए महाभियोग लगाऊ : शान्ति समाज

१२ कार्तिक, बुटवल। मानव अधिकार तथा शान्ति समाजले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरेको छ । समाजका केन्द्रीय सभापति गोविन्द खनालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश राणाको न्यायिक आचरणमाथि प्रश्न उठेको र पछिल्लो चरणमा नैतिक रुपमा झनै च्युत भएकाले शीघ्र राजीनामा दिन माग गरेका हुन् । प्रधानन्यायाधीश जबराको राजीनामा नदिने अडानका कारण न्यायिक क्षेत्रमा […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश जबराको बहिर्गमनको माग गर्दै दाङमा प्रदर्शन

दाङ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमनको माग गर्दै मानवअधिकारकर्मीले तुलसीपुरमा प्रदर्शन गरेका छन्।७३ औं अन्तरराष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भमा शुक्रबार मानवअधिकार तथा शान्ति समाज दाङ शाखाले आयोजना गरेको अनैतिक प्रधानन्यायाधीश जबराको शीघ्र राजीनामा र बहिर्गमनको माग गर्दै प्रदर्शन गरेका हुन्।प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नागरिक समाज दाङका सल्लाहकार टीकाराम रेग्मीले प्रधानन्यायाधीश जबराको अनैतिक कार्यका कारण स्वतन्त्र न्यायालयमाथि अविश्वास बढ्ने बताए।उनले मानवअधिकार

प्रधानन्यायाधीश जबराको बहिर्गमनको माग गर्दै विभिन्न जिल्लामा प्रदर्शन

मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाले ७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको शीघ्र बहिर्गमनको माग गर्दै प्रदर्शन गरेको छ । मानवअधिकार संरक्षणका लागि स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायालय अत्यावश्यक भएकाले प्रधानन्यायाधीश जबराले शीघ्र राजीनामा दिनुपर्ने, नभए महाभियोग लगाउन पनि समाजले सम्वद्ध सबै दलहरूलाई आग्रह गरेको छ ।धर्नालाई सम्बोधन गर्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले प्रधानन्यायाधीशको कू कर्मले लोकतन्त्रको उपहास गरे

प्रधानन्यायाधीशको राजीनामा माग्दै शान्ति समाजको प्रदर्शन

मानवअधिकार तथा शान्ति समाज चितवनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै जुलुस प्रदर्शन गरेको छ । समाजले शनिबार बिहान चितवनको पुलचोकमा आधा घण्टा प्रदर्शन गरेको हो । प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, केन्द्रीय सभापति गोबिन्द खनाल लगायत दर्जनौ अधिकारकर्मीहरूको सहभागिता रहेको थियो ।प्रदर्शनमा न्यायालयलाई प्रदूषित बनाउन पाईंदैन, सौदाबाजी गर्ने प्रधानन्यायाधीश चाहिँदैन, न्यायालयमा राजनीतिक नियुक्ति बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

प्रधानन्यायाधीशलाई महाभियोग लगाउनुपर्छ : शान्ति समाज

मानव अधिकार तथा शान्ति समाजले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग लगाई उनको बहिर्गमन सुनिश्चित गर्न दलहरुलाई आग्रह गरेको छ ।