जसपाले ह्वीप नलगाउने, मन लागेको पक्षमा मत हाल्न सांसदलाई स्वतन्त्रता

प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा जसपाले सांसदहरूलाई ह्वीप नलगाउने भएको छ । जसपाको आज बसेको पदाधिकारीको बैठकले सांसदहरूलाई स्वायत्तता दिने निर्णय गरेको जसपाका एक नेताले बताए। ‘जुन सांसदलाई जे मन लाग्छ, त्यो गर्न स्वायतता प्रदान गरिएको छ,’ जसपाका एक नेताले लोकान्तरसँग भने, ‘विश्वासको पक्षमा मत दिन मन लागे दिने, विपक्षमा मत दिन मन लागे पनि दिने गरी छूट प्रदान गरिएको छ ।'

सम्बन्धित सामग्री

मतदातालाई ह्वीप

मन नपरे पनि नेताले भनेको ठाउँमा भोट हाल्नुपर्थ्यो। हिजो आफैँले दुर्बल भनेको पार्टी र नेतालाई आज सबैभन्दा अब्बल भन्नुपर्थ्यो । आफूले आफूलाई नै ढाँट्नुपर्ने स्थिति थियो । आफ्नो आत्माले एउटा भन्छ तर जिब्रोले अर्को बोल्नुपर्ने बाध्यता कार्यकर्तालाई सायद अब फेरि नपर्ला कि ?