काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रक्रिया अन्तर्गत प्रतिनिधिसभा विघटन गरेको बताएका छन् । मंगलबार प्रदेशसभाको विशेष अधिवेशनमा बोल्दै उनले लोकतन्त्रमा संकट आयो भने जनतामा जाने पद्धति रहेको बताउँदै पार्टीभित्रै पदको सौदावाजी गर्न नहुने उल्लेख गरे । सांसद खरिद बिक्री गरेर फेरि अर्को सरकार बनाउने फोहोरी खेल खेल्नुभन्दा जनतामा जानु राम्रो रहेको उनको भनाई छ ।प्रदेशसभामा बोल्ने प्रतिपक्षी सांसदहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक रह