काठमाडाैं : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताका लागि काम गर्ने प्रतिबद्धतासहित जिम्मेवारी सम्हालेकाले आफू बीचमै छोडेर कुनै अवसर खोज्न नजाने बताएका छन्। बाह्रखरी अनलाइनले पोखरामा आयोजना गरेको ‘कोभिड–१९ को असरबाट पर्यटनलाई उकास्ने प्रयास’ विषयक कार्यक्रममा पत्रकार प्रतीक प्रधानसँगको भलाकुसारीमा मुख्मन्त्रीले प्रदेशको विकासमा आफूले पूरा समय काम गर्ने बताएका हुन्। 'मुलुक चुनावको तयारीमा छ,' अहिले मलाई प्रतिनिधिसभाको टिकट दिए पनि म लिन्नँ किनकि मैले