सम्पादकीय: तातोपानी नाकाले जगाएको आशा

संघीय राजधानी काठमाडौंबाट चीनतर्फको सबैभन्दा छोटो र पुरानो तातोपानी नाकामा आठ वर्षपछि सर्वसाधारणको आउजाउ खुलेको छ । २०७२ सालको भूकम्पपछि अवरुद्ध नाका चरणबद्ध रूपमा आयात र निर्यात खुलाइएकामा शुक्रबारदेखि सर्वसाधारणलाई सीमा वारपार गर्न दिइएको छ ।

सम्बन्धित सामग्री

‘बाँच्‍ने मन छ’ भन्दै खत्रीले गरे सहयोगको याचना

जुम्ला-  दुवै मिर्गौलो फेल भएपछि जुम्लाका ३० वर्षीय मानबहादुर खत्री आर्थिक अभावले छट्पटाइरहेका छन् । आर्थिक सहयोग पाए बाँच्‍ने उनको आशा छ । तातोपानी गाउँपालिका-२ निवासी उनी उपचार खर्च जुटाउन नसकेपछि घरमै बस्‍न बाध्य भएका छन् । ३० वर्षकै कलिलो उम्मेरमा दुवै मिर्गौलो फेल भएका खत्रीले सहयोग पाए उपचार गरेर पुनर्जन्म पाउन सकिने बताए । […]

जाजरकोट–जुम्ला सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिँदै

जाजरकोट । जाजरकोट–जुम्ला जोड्ने सुरुङमार्ग निर्माण हुने भएको छ । जाजरकोटको कुशे गाउँपालिका–८ साङ्टा र जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारी जोड्ने सुरुङमार्ग निर्माण हुने भएको हो । यसको सम्भाव्यता अध्ययनका लागि सडक विभागको गुणस्तरीय खोज तथा विकास केन्द्र (क्यूआरडिसी)ले सूचना जारी गरिसकेको छ । सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि सडक विभागले बोलपत्र आह्वान गरिसकेको र अध्ययन सकिएपछि सुरुङमार्ग निर्माण अघि बढ्ने पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले बताए । ‘सुरुङमार्ग निर्माण तथा नयाँ सडकको ट्र्याक खोल्न सम्भाव्यता अध्ययन गर्न लागिएको हो,’ उनले भने, ‘जाजरकोट र जुम्ला जोड्ने सबैभन्दा छोटो सुरुङ हुने भएकाले खन्ने कामलाई अध्ययन सकिनेबित्तिकै अघि बढाइनेछ ।’ जाजरकोट साङ्टाबाट र जुम्लाको इमिल्चाघारीसम्मको लम्बाइ करिब १० किलोमिटर छ । सुरुङ निर्माणका लागि करिब पाँच किलोमिटर पहाड प्वाल पार्नुपर्ने र अन्य क्षेत्रमा सडक निर्माण गर्नुपर्ने पूर्वमन्त्री बस्नेतले बताए । ‘हामीले सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि विगतदेखि नै नेपाल सरकारसँग माग गर्दै आएका थियौं,’ नेकपा (माओवादी केन्द्र)का नेता तथा प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले भने, ‘सम्भाव्यता अध्ययनका लागि सडक विभागले सूचना नै जारी गरिसकेको छ ।’ जाजरकोटबाट जुम्ला जान करिब १० घण्टा उकालो हिँड्नुपर्छ । सुरुङमार्ग निर्माण भए ३० मिनेटमै जुम्ला जान सकिने सिंहले बताए । ‘यो सुरुङमार्ग निर्माण भए लुम्बिनी, दाङ, सल्यान, जाजरकोट जुम्ला हुँदै रारा जोड्ने छोटो सर्किट हुनेछ,’ उनले भने, ‘विगतदेखि माग गर्दै आएको हाम्रो माग पूरा हुने आशा गरेका छौं,’ उनले भने । रासस

जाजरकोट–जुम्ला सुरुङमार्ग : सम्भाव्यता अध्ययन शुरु

पुस २०, जाजरकोट । जाजरकोट–जुम्ला जोड्ने सुरुङमार्ग निर्माण हुने भएको छ । जाजरकोटको कुशे गाउँपालिका–८ साङ्टा र जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारी जोड्ने सुरुङमार्ग निर्माण हुने भएको हो । यसका लागि सम्भाव्यता अध्ययनका लागि सडक विभागको गुणस्तरीय खोज तथा विकास केन्द्र (क्यूआरडिसी) ले सूचना जारी गरिसकेको छ । सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि सडक विभागले बोलपत्र आह्वान गरिसकेको र अध्ययन सकिएपछि सुरुङमार्ग निर्माण अघि बढ्ने पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले बताए । ‘सुरुङमार्ग निर्माण तथा नयाँ सडकको ट्रयाक खोल्नका लागि सम्भाव्यता अध्ययन गर्न लागिएको हो’, उनले भने, ‘जाजरकोट र जुम्ला जोड्ने सबैभन्दा छोटो सुरुङ हुने भएकाले खन्ने कामलाई अध्ययन सकिने बित्तिकै अघि बढाइने छ ।’ जाजरकोट साङ्टाबाट र जुम्लाको इमिल्चाघारीसम्मको लम्बाइ करीब १० किलोमिटर छ । सुरुङ निर्माणका लागि करीब पाँच किलोमिटर पहाड प्वाल पार्नुपर्ने र अन्य क्षेत्रमा सडक निर्माण गर्नुपर्ने पूर्वमन्त्री बस्नेतले बताए ।  ‘हामीले सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि विगतदेखि नै नेपाल सरकारसँग माग गर्दै आएका थियौँ’, नेकपा (माओवादी केन्द्र) का नेता तथा प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले भने, ‘सम्भाव्यता अध्ययनका लागि सडक विभागले सूचना नै जारी गरिसकेको छ ।’ जाजरकोटबाट जुम्ला जान करीब १० घण्टा उकालो हिँड्नुपर्छ । सुरुङमार्ग निर्माण भए ३० मिनेटमै जुम्ला जान सकिने सिंहले बताए । ‘यो सुरुङमार्ग निर्माण भए लुम्बिनी, दाङ, सल्यान, जाजरकोट जुम्ला हुँदै रारा जोड्ने छोटो सर्किट हुनेछ’, उनले भने, ‘विगतदेखि माग गर्दै आएको हाम्रो माग पूरा हुने आशा गरेका छौँ’, उनले भने । रासस

कोरोनाको कारण सुस्तायो हिमाली जिल्ला मनाङको पर्यटन व्यवसाय

जेठ २२, मनाङ । गण्डकी प्रदेशकै पर्यटन प्रवर्द्धनको मुख्य आधार मानिएको हिमाली जिल्ला मनाङको पर्यटन क्षेत्र कोरोनाका कारण सुस्ताएको छ । वसन्त ऋतुको आगमनसँगै पर्यटकीय गुल्जार हुने यहाँ कोरोना कहरले पुनः सुनसान बनेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रभावले गत वर्षको फागुनदेखि धराशायी बनेको यहाँको पर्यटन क्षेत्र कोरोना कहर मत्थर हुँदै जाँदा बिस्तारै लयमा आउने क्रममा थियो । नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहरको महामारी शुरु भएसँगै गत वैशाख १० गतेदेखि पुनः यहाँको पर्यटन क्षेत्र सुस्ताएको हो ।  देशभरका मुख्य शहरमा कोरोना संक्रमित बढेसँगै वैशाखदेखि लकडाउन शुरु भयो । देशभर कोरोना महामारी बढेसँगै कोरोना रोकथाम तथा नियन्त्रण गर्ने भन्दै जिल्ला प्रशासन कार्यालयले विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्ग थोरङ्ला भञ्ज्याङ, तिलिचो ताल जस्ता महत्वपूर्ण गन्तव्य आन्तारिक तथा बाह्य पर्यटकका लागि बन्द गर्ने निर्णय गरियो । यस्तै समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिएपछि प्रशासनले वैशाख महीनादेखि यहाँका शहर गुमनाम छन् । वर्षेनि ६० हजार विदेशी पर्यटक र करीब तीन लाखको संख्यामा आन्तरिक पर्यटक भित्रिने जिल्लामा नयाँ भेरियन्टको कोरोना प्रभावले सुनसान भएको होटेल व्यवसायी संघका अध्यक्ष विनोद गुरुङले बताए । वर्षेनि हिउँदयामको जाडो मौसमपछि गुल्जार हुने मनाङ कोरोना कहरका कारण प्रतिकुल असर पुर्‍याएको उनले बताए । कोरोनाको पहिलो लहरपछि आशा जगाएको यस पर्यटन क्षेत्रमा दोस्रो लहरले पर्यटकीय क्षेत्रलाई ठूलो क्षति पुगेको उनको भनाइ छ । अन्नपूर्ण संरक्षण क्षेत्रको वार्षिक तथ्यांकअनुसार जिल्लामा बर्षेनि मार्चदेखि जुलाईसम्म प्रत्येक महीना सात हजारदेखि १४ हजारसम्म विदेशी पर्यटक आउने गर्थे । चैतदेखि हजारौँ आन्तरिक पर्यटक विश्वको सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल जानका लागि यहाँ आउने गर्छन् । यस वर्ष कोरोना कहरका कारण बन्द हुँदा पर्यटकीय गन्तव्य सुनसान छन् । कोरोनाको दोस्रो भेरियन्ट अघि देशका ठूला शहरदेखि मोटरसाइकल र चारपांग्रे सवारी साधान लमजुङ सदरमुकाम बेँसीशहरदेखि लाम लाग्ने गर्दथे ।  कोरोना महामारीको पहिलो लहरले थलिएको मनाङको पर्यटन व्यवसायमा केही आशा जगाए पनि कोरोनाको दोस्रो लहरले पुनः यहाँका पर्यटन व्यवसायीमा थप पीडा थपिदिएको चामे गाउँपालिकास्थित हिमालयन होटेल सञ्चालक सीता गुरुङ बताउँछन् । बर्खायामको वसन्त ऋतुसँगै अनुकूल खुल्ला मौसममा पनि कोरोना कहरले प्रताडित बनाएको यहाँको पर्यटनमा व्यवसायीसमेत कोरोना त्रासमा छन् । यहाँको प्रमुख पर्यटकीय गन्तव्य तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ, मनासलु क्षेत्र, चामेको तातोपानी कुण्ड, सिङ्गर ताल, गङ्गापूर्ण ताल, काङ्ला पासलगायत हिमाल आरोहणमा आउने बाह्य तथा आन्तरिक पर्यटक मनाङ भित्रिएका छैनन् ।  अहिले जिल्लामा झण्डै एक हजारभन्दा बढी होटेल तथा रेष्टुरेन्ट पूर्णरुपमा बन्द अवस्थामा छन् । कोरोनाले सिर्जना गरेको लकडाउनले यो जिल्ला सुनसान बनेको पर्यटन व्यवसायीको भनाइ छ । कोरोनाका कारण पहिलो पटक जिल्लामा ज्यान गएपछि यहाँका मानिस त्रसित बनेका छन् । रासस

तातोपानी नाकासम्म चिनियाँ कन्टेनर, बुधबार तीनवटा कन्टेनर नेपालमा

पाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानीको मितेरी पुलसम्म चिनियाँ पक्षले सामाग्री ल्याउन सुरु गरेको छ । बुधबार पहिलो पटक चिनियाँ कन्टेनरले नेपाली भूमिसम्म सामाग्री ल्याएको हो । बुधबार तीनवटा चिनियाँ कन्टेनरले नेपालसम्म सामाग्री ल्याएका छन् । ‘चिनिया कन्टेनरको डिब्बा मितेरी पुलमा नेपाली कन्टेनरमा लोड गरी सुख्खा वन्दरगाह सम्म ल्याउने ब्यवस्था गरिएको छ’, भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले भन्नुभयो, ‘पटक पटकको अनेकन अवरोधपछि कात्तिक १३ बाट पुनः सुचारु भएको तातोपानी भन्सार कार्यालयबाट यस अघि थौरै मात्रामा मात्र सामान आयात भएको भन्दै व्यापारीहरुले गुनासो गर्दै आएकाले यसको समाधानार्थ यो प्रक्रिया सुरु भएको हो ।’ नाका सञ्चालनको विषयमा नेपाल–चीनबीचको द्धिपक्षीय छलफलमा चीन पक्षले कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य सुरक्षा सावधानी बारे पटक पटक चासो व्यक्त गरेको भन्सार कार्यालयका प्रमुख खत्रीले बताउनुभयो । गत असोजमा केही कर्मचारीमा कोरोना देखिएपछि चीन पक्षले एक दिन सामाग्री पठाएर नाका पुनः ठप्प बनाएको थियो । ‘चिनियाँ कन्टेनरले सामाग्री ल्याईदिने हुँदा अब नेपाली व्यापारीका सामाग्री आउने आशा गर्न सकिन्छ’, भन्सार प्रमुख खत्रीले भन्नुभयो, ‘तातोपानी नाका पछिल्लो पटक असोज १९ गते सञ्चालनमा आएको थियो । तर सामान आयात गर्ने केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि एक दिन सञ्चालन पश्चात् बन्द रहेको नाका गत महिनाबाट सुचारु भए पनि सामाग्री आयात भएको थिएन ।’ जुरे पहिरो र विनाशकारी भूकम्पपछि ठप्प रहेको नाका केही महिना सञ्चालन पश्चात् गत माघमा बन्द भएको थियो । चीनको बुहान प्रान्तमा कोरोना संक्रमण फैलिएको भन्दै चीनले सामाग्री निर्यात रोकेपछि गत माघ बाट चैत्र २६ सम्म बन्द रहेको नाका चैत्र २७ बाट पुनः सुचारु भएको थियो । वर्षाद सुरु भएयता भोटेकोशी नदीमा आएको बाढीले अरनिको राजमार्ग क्षतिग्रस्त भएपछि बन्द रहेको नाका असोज महिनामा एक दिन र कात्तिक १३ पश्चात् सुचारु रहेको भन्सार कार्यालयले जनाएको छ । ‘चिनियाँ पक्षले नेपालसम्म सामाग्री ल्याइदिने र स्वस्थ्य मापदण्ड पालना गरी सामाग्री जाँचपास हुने व्यवस्था मिलाएका छौँ ।’ भन्सार कार्यालयले जनाएको छ ।

तातोपानी नाका खोल्न चिनियाँ पक्ष हतारिएका छन् : महरा

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण बहुप्रतिक्षित विषय बनेको छ । धेरै पहिलेदेखि नै हाम्रोतर्फबाट यो विषयलाई महत्वका साथ राख्दै आएका छौ र यो पटक पनि प्राथमिकताकासाथ राखेका छौं । अनुकूल समय मिलाएर भविष्यमा चीनका राष्ट्रपतिको नेपाल भ्रमण हुने हामीले आशा गरेका छौं ।