बागमती प्रदेशले ल्यायो कर्मचारी अध्यादेश : प्रमुख सचिवको कार्यकाल पाँच वर्ष, स्थानीय तहमा प्रदेशबाटै प्रशासकीय अधिकृत

संघीय सरकारले निजामती कर्मचारीसम्बन्धी ऐन ल्याउन ढिलाइ गरेपछि बागमती प्रदेश सरकारले अध्यादेशमार्फत कर्मचारी व्यवस्थापनसम्बन्धी कानुन ल्याएको छ । सोमबार राजपत्रमा प्रकाशित दुई अध्यादेशमा कर्मचारी भर्ना, सरुवा तथा बढुवाका प्रावधान समावेश छन् ।  अध्यादेशअनुसार...

सम्बन्धित सामग्री

निमित्तका भरमा मधेश र दुर्गमका स्थानीय तह

स्थानीय तहका प्रमुखले रोजी–रोजी प्रमुख प्रशासकीय अधिकृत लैजाने र अनुकूलका व्यक्ति नपाए कनिष्ठ कर्मचारीलाई निमित्तको जिम्मेवारी दिलाउने क्रम बढेको छ । संघीय सरकारले कर्मचारी खटाउने विषयलाई प्राथमिकतामा नराख्दा  मधेश र दुर्गमका स्थानीय तह समस्याग्रस्त छन् ।

कालीकोटका नौवटै स्थानीय तह निमित्तका भरमा

मान्म (कालीकोट), १४ मङ्सिर । कालीकोटका नौवटै स्थानीय तह निमित्तका भरमा सञ्चालन भइरहेका छन् । तीन नगरपालिका र छ वटा गाउँपालिकाले अहिले प्रमुख प्रशासकीय अधिकृत पाएका छैनन । स्थानीय तह सञ्चालन ऐनमा नगरपालिकामा उपसचिव र गाउँपालिकामा अधिकृतस्तरको कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था भए पनि सो अनुसार यहाँका स्थानीय तहमा हुन सकेको छैन । स्थानीय […]

कालीकोटका नौवटै स्थानीय तह निमित्तका भरमा, दुर्गममा जानै मान्दैनन् कर्मचारी

कालीकोटका नौवटै स्थानीय तह निमित्तका भरमा सञ्चालन भइरहेका छन् । तीन नगरपालिका र छवटा गाउँपालिकाले अहिले प्रमुख प्रशासकीय अधिकृत पाएका छैनन् ।

जनप्रतिनिधि र कर्मचारीबीच तालमेल नमिल्दा सेवाग्राही मारमा

भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनीमा निर्वाचित जनप्रतिनिधि र कर्मचारीबीच तालमेल नमिल्दा यसको परिणाम सेवाग्राहीले भोग्नु परेको छ । स्थानीय तह निर्वाचनपछि लुम्बिनी सांस्कृतिक नगरपालिका पुराना कर्मचारी निष्काशन र नयाँ नियुक्तिले कार्यालय पुनः विवादित बनेको छ । हुनत रुपन्देहीका अन्य पालिकामा पनि कर्मचारी निष्काशनको विवाद नभएको होइन तर लुम्बिनीमा प्रमुख प्रशासकीय अधिकृत नै यसमा लागेपछि कार्यालयका सबै शाखाका […]

प्रमुख प्रशासकीय अधिकृतविहीन बन्दै स्थानीय तह

ताप्लेजुङ । ताप्लेजुङको ६ वटा स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ । कर्मचारी सुरुवा भएर जाने र नयाँ नआउने भएकाले अधिकृतविहीन बन्दै गएको हो । फक्ताङ्लुङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनेश भट्टराईले गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको पाँच महिना भयो । प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठको सरुवा भएसँगै उहाँले निमित्तका रूपमा गाउँपालिकाको […]

मनाङका स्थानीय तह प्रशासकीय अधिकृतविहीन

मनाङ– यहाँका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारी अभाव भएको छ। प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारी सरुवा तथा बढुवा भइ अन्यत्र गएकाले सेवाग्राही मर्कामा परेका हुन्। जिल्लाका नासों, चामे, ङिस्याङ र नार्पाभूमि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन्। सरुवा भएर आउने प्रमुख प्रशासकीय अधिकृत जिल्लामा आइपुगेका छैनन्। बाढीपहिरोका कारण सडक सञ्जाल विच्छेद भएकाले उनीहरुलाई जिल्ला […]

निमित्तका भरमा सञ्चालन हुँदै स्थानीय तह

डोटी । जिल्लाका अधिकांश स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन हुँदै आएका छन् । दुई नगरपालिका तथा सात वटा गाउँपालिका रहेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको स्थानीय तहको सङ्गठनात्मक ढाँचा तथा दरबन्दीअनुसार राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) १०औँ तहको कर्मचारी प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था रहेको भए पनि ती […]

फाकफोकथुममा टिकेनन् प्रमुख प्रशासकीय अधिकृत

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट हत्तपत्त प्रमुख प्रशासकीय अधिकृत नै ‘नपठाइदिने’ समस्या झेलिरहेको फाकफोकथुममा आएका कर्मचारी चाहिँ अवधि नै नपुगी सरुवा जाने गरेका छन्। जनप्रतिनिधिले स्थानीय तह सम्हाल्न थालेपछि कोही प्रमुख प्रशासकीय अधिकृतले २...

गुल्मीमा एक महिना पनि टिक्दैनन् प्रमुख प्रशासकीय अधिकृत

गुल्मी : देश संघीयतामा गइसकेपछि सिंहदरबारको अधिकार गाउँगाउँसम्म जाने गरी स्थानीय तहहरू गठन भए।जसअनुसार कर्मचारी व्यवस्थापन गर्न समस्या भए पनि स्थानीय तहको कार्य सञ्चालनका लागि कार्यकारी अधिकारसहित एक जना प्रमुख प्रशासकीय अधिकृत प्रत्येक स्थानीय तहमा खटिएका छन्। गुल्मी जिल्लाका २ वटा नगरपालिका र १० वटा गाउँपालिका गरी १२ वटा स्थानीय तह छन्। यहाँ खटेका प्रमुख प्रशासकीय अधिकृत एक महिनासम्म पनि स्थानीय तहमा टिक्न सकेका छैनन्। इश्मा गाउँपालिकामा प्रेमचन्द्र अर्याल २०७६ फागुन १३ देखि &nb

कर्मचारी जान नमान्दा निमित्तको भरमा स्थानीय तह

अहिले २०३ वटा स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका छन् । सङ्घीय सरकारले स्थानीय तहमा प्रमुख प्रशासकीय प्रमुख र अन्य कर्मचारी नपठाउँदा स्थानीय तह सञ्चालनमा अप्ठेरो पर्ने गरेको छ । रिक्त प्रमुख प्रशासकीय अधिकृत पदमध्ये १२० वटा नगरपालिकामा उपसचिव, ८० वटा गाउँपालिकामा शाखा अधिकृत र तीनवटा उपमहानगरपालिकामा सहसचिवको दरबन्दी रिक्त छ । सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले सहसचिव दरबन्दी रहेका तुलसीपुर, घोराही र कलैया उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेको जनाएको छ । मन्त्राल...