काठमाडौं : समानुपातिक तर्फका सांसदको नाम सिफारिस गर्न दलहरुलाई निर्वाचन आयोगले दिएको समयसीमा सकिएको छ। दलहरूले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक तर्फ प्राप्त गरेको सिटबारे जानकारी गराउँदै आयोगले बुधबार पत्राचार गरेको थियो। आयोगले शनिबार दिउँसो ४ बजेसम्म नाम बुझाउन भने पनि अहिलेसम्म ठूला दलबाट नाम प्राप्त भइनसकेको आयोगले जनाएको छ। अहिलेसम्म नेपाल मजदुर किसान पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीले आयोगम