काठमाडौं : नेपाली संगीत क्षेत्रमा बेग्लै पहिचान बनाएका प्रकाश सपूत गायकसँगै गीतकार, अभिनेता र निर्देशक पनि हुन्।उनले 'चरर, बरर', 'बोल माया' जस्ता कारुणिक गीत लेखेका छन्, त्यसमा संगीत भरेका छन्, गाएका छन्, अभिनय र निर्देशन पनि गरेका छन्। त्यस्तै 'दोहोरी ब्याटल' जस्तो प्रयोगात्मक गीत, 'फुटेका चुरा' जस्तो ऐतिहासिक शृंगारिक कथा रहेको गीत, देशभक्ति भावको 'मेरो पनि होइन र यो देश' जस्तो गीत लेखेका, गाएका, अभिनय र निर्देशन पनि गरेका छन्। 'ग