काठमाडौं महानगरमा लगानी साझेदारीको सोझै प्रस्ताव गर्न सकिने

४ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकामा लगानी साझेदारीको लागि सोझै प्रस्ताव गर्न सकिने भएको छ । प्रस्ताव आह्वान नभएको परियोजनामा पनि निजी क्षेत्रले सार्वजनिक निजी साझेदारीका लागि प्रस्ताव गर्न सक्ने भएका हुन् । महानगरपालिकाले ल्याएको ‘साझेदारी तथा लगानी ऐन, २०७९’ मा आह्वान नगरिएको प्रस्तावमा पनि लगानी साझेदारीका लागि महानगरमा निवेदन दिन सकिने व्यवस्था छ । […]

सम्बन्धित सामग्री

काठमाडौं महानगरमा हरेक महिनाको पहिलो सोमबार समन्वय समितिको बैठक बस्ने

काठमाडौं महानगरपालिकामा हरेक महिनाको पहिलो सोमबार समन्वय समितिको बैठक बस्ने निर्णय  गरिएको छ । शुक्रबार महानगर प्रमुख बालेन शाहको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।बैठकमा विकास साझेदार कार्यालयका व्यवस्थापन र कार्यकारी भूमिकामा रहेका पदाधिकारी उपस्थिति रहनेछ । त्यस बैठकले चालू योजना कार्यान्वयनको समीक्षा गर्नेछ । यसैगरी एकीकृत कार्यक्रमबाट सञ्चालन गर्न सकिने योजनाको यकिन गर्नेछ । यसबाट सहरी पूर्वाधार तथा सेवा वितरणमा देखिएका समस्या समाधान हुनेछ अपेक्षा गरिएको छ । कानुनी तथा

काठमाडौं महानगरमा कोरोनाविरुद्ध मोडर्ना र फाइजर खोप लगाउन शुरु

काठमाडौं : काठमाडौं महानगरपालिकाले बिहीबार (आज) देखि  कोभिड–१९ विरुद्ध खोप अभियान फेरि सञ्चालन गरेको छ। महानगरपालिकाले आजबाट शुरु गरेको खोप अभियानमा  मोडर्ना र फाइजर खोप दिइनेसमेत जनाएको छ। महानगरपालिकाले सूचना जारी गर्दै महानगरका ३२ वटै वडा कार्यालयका तोकेका स्थानमा बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप लगाउन सकिने समेत जनाएको छ। तर दोस्रो मात्रा र बुस्टर मात्रा लगाउनेले यसअघिको खोप कार्ड लिएर आउन र पहिलोपटक खोप लगाउनेले परिचय खुल्ने परिचयपत्र लिएर आउन समेत भनेको छ।पहिलो

काठमाडौं महानगरमा १८ वर्षमाथिका सबैलाई कोरोना खोप लगाइँदै

७ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाउन शुरू गरेको छ । स्वास्थ्य कार्यालय काठमाडौंले तोकेका अस्पतालहरु र महानगरका ३२ वटै वडामा गएर खोप लगाउन सकिने महानगरले जनाएको छ । काठमाडौं महानगरका अनुसार मंगलबारदेखि शुरू भएको खोप अभियानमा १८ वर्ष वा सोभन्दा माथि उमेर समूहका खोप लगाउन छुटेका सबै […]

मापदण्ड पूरा गरेर आइतबारदेखि काठमाडौं महानगरमा कक्षा सञ्चालन गर्न सकिने

काठमाडौं महानगपालिकाको नगर शिक्षा समितिले स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज १० गते सञ्चालन गर्न सकिने जनाएको छ । बुधबार साँझ महानगरका प्रमुख एवं समितिका अध्यक्ष विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले विद्यालय सञ्चालन गर्दा न्यूनतम रुपमा पालना गर्नुपर्ने २७ बुँदे मापदण्डसहित कक्षा सञ्चालन गर्न सकिने निर्णय गरेको हो ।