अस्पतालमा अक्सिजन अभाव : चिकित्सक भन्न थाले अब भगवान भरोसा !

नेपालमा नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमणले दिनानुदिन उग्ररुप लिँदै छ। महामारी तीव्र भएसँगै अस्पतालहरुमा अक्सिजनको अभाव पनि उत्तिकै देखिएको छ। कोरोना संक्रमण महामारीको बेला अन्य अस्पतालहरुजस्तै काठमाडौंको वीर अस्पतालमा पनि अक्सिजनको चरम अभाव भएको...

सम्बन्धित सामग्री

अक्सिजन अभावको सम्बोधन

कोरोना संक्रमणको दोस्रो लहर तीव्र हुँदै गएको र संक्रमितहरूलाई अक्सिजन सहायता चाहिने अवस्थाले गर्दा अक्सिजनको आपूर्ति गर्न निकै समस्या भइरहेको छ । अक्सिजन अभाव भएको भन्दै कैयौं अस्पतालले बिरामी भर्ना लिन छाडेकाले समस्या निकै विकराल बन्दै गएको छ । सरकारले अक्सिजन वितरणलाई व्यवस्थित गर्न कार्यविधि नै बनाएको छ तर त्यसले झनै समस्या निम्त्याएको चिकित्सक र उत्पादकहरूको भनाइ छ । अस्पतालहरूको अवस्था, क्षमता र माग हेरेर अक्सिजन वितरण गर्ने भनिएको छ । तर, यो प्रक्रिया पारदर्शी छैन । अक्सिजन अभावकै कारण नेपालको स्वास्थ्य प्रणाली ध्वस्त भएको बताउन थालिएको छ । सबै अस्पतालले आफै अक्सिजन उत्पादन नगर्ने तथा उत्पादन गरे पनि अहिले अपुग भएकाले अस्पतालहरूले बिरामी भर्ना लिन छाडेका छन् । अक्सिजनकै अभावमा विरामीको मृत्यु भइरहेको छ । नेपालमा दैनिक ८ हजार सिलिन्डर उत्पादन गर्न सक्ने क्षमता छ । तर, अहिले त्यो क्षमताभन्दान निकै बढी अक्सिजन सिलिन्डरको माग भइरहेको छ । मुलुका सानाठूला गरी २० ओटा अक्सिजन उत्पादक हरकेका छन् । तीमध्ये आठओटा काठमाडाैंमा रहेका छन् । अक्सिजन आपूर्तिमा समस्या भएपछि बन्द रहेका कतिपय अक्सिजन उद्योग सञ्चालनमा ल्याइएका छन् । अहिले मुलुकमा १ लाख ८ हजार १ सय ६४ अक्सिजन सिलिन्डर रहेको अनुमान छ । तिनमा पनि ३० देखि ४० प्रतिशत ठूला सिलिन्डर छन् भने बा“की साना सिलिन्डर रहेको अनुमान छ । उत्पादित अक्सिजनमध्ये ३० देखि ४० प्रतिशत औद्योगिक उत्पादनका लागि प्रयोग हुने अनुमान छ । अहिले सरकारले अक्सिजन उद्योगमा प्रहरी परिचालन गरेको छ भने औद्योगिक उत्पादनमा प्रयोग भइरहेका सिलिन्डर खोज्दै उपचारका लागि अस्पतालहरूलाई वितरण गरेको छ । यसले तत्कालका लागि सिलिन्डरको आपूर्ति बढाए पनि उद्योग क्षेत्रलाई भने असर पार्न सक्छ । अक्सिजन प्रयोग गर्ने साना तथा मझौला उद्योगीहरूबाट सिलिन्डर संकलन गर्दा ती व्यवसायी झनै मर्कामा परेका छन् । यद्यपि मानव जीवनको रक्षा सबैभन्दा महत्त्वपूर्ण भएकाले धेरै उद्योगले स्वेच्छाले नै सिलिन्डर उपलब्ध गराएका छन् । यसरी प्रभावित उद्योगका लागि सरकारले केही राहत दिनु उपयुक्त हुन्छ । अक्सिजन अभाव भएपछि कतिपयले घरमै सिलिन्डर होल्ड गर्न थाल्दा पनि समस्या देखिएको हो । सरकारसँग कति अशक्त बिरामीहरूले घरमा अक्सिजन लिइरहेका छन् भन्ने तथ्यांक देखिँदैन । कोरोनाबाट प्रभावितमध्ये पनि कतिपयले घरमै अक्सिजन सिलिन्डर प्रयोग गरिरहेका छन् । यी सबै तथ्यांक नलिई सरकारले अक्सिजन सिलिन्डर वितरणको कार्यविधि तयार पारेको छ । त्यसले गर्दा घरमा बसिरहेका पुराना तथा दीर्घरोगीहरू समस्यामा पर्ने देखिन्छ । चीन सरकारले अनुदानमा दिएको २० हजार सिलिन्डरमध्ये ४ सय नेपालमा ल्याइसकिएको छ । अरू पनि आउने क्रममा छन् । तर, अब सिलिन्डरका साथै अक्सिजन नै पनि अभाव हुन सक्छ । यस्तोमा सरकारले कार्यविधि बनाउनु त ठीकै होला तर कार्यविधिले अक्सिजन आवश्यक पर्ने सबैलाई समेटेको छैन । अस्पतालहरूको अवस्था, क्षमता र माग हेरेर वितरण गर्ने भनिएको छ । तर, यो प्रक्रिया पारदर्शी नहुने तथा अहिलेको संकटमा त्यसबारे सही तथ्य पनि नपाइने हुँदा भनसुन र पहुँचका आधारमा वितरण हुने सम्भावना बढी छ । त्यस्तै दीर्घरोगीहरूलाई अक्सिजन उपलब्ध नगराउने हो भने उनीहरूको ज्यान जाने निश्चित छ । अहिले अक्सिजन नै अपुग भइरहेको समेत समाचार आइरहेको छ । यसका लागि सरकारले तत्कालै अक्सिजन उत्पादन उद्योगहरू खोल्नुपर्ने पनि देखिन्छ । चीनले अनुदानमा दिएको सबै सिलिन्डर सकेसम्म एयरलिफ्ट गरेर छिटो ल्याउनुपर्नेमा सरकारले सडकमार्गबाट ल्याउन लागिरहेको छ । त्यस्तै चीनबाट अक्सिजन उद्योगका लागि आवश्यक उपकरणसमेत ल्याउनुपर्नेमा त्यसो गरिएको छैन । सरकार कोरोनाको महामारीमा आफ्नो कूटनीतिक संयन्त्र परिचालन गर्न पूर्णतः असफल भएको छ जसले गर्दा कोरोना उपचार गर्न तथा भ्याक्सिन ल्याउन विदेशी सहयोग खासै मिल्न सकेको छैन । काम चलाउ सरकार भए पनि मुलुकको यो गम्भीर संकटमा पूूर्णरूपमा खट्नुपर्नेमा त्यसो हुन सकेको देखिँदैन जुन विडम्बना हो ।

सुदूरपश्चिममा अक्सिजन लुछाचुँडी, चिकित्सक भन्छन् : स्थिति भयावह हुन सक्छ

धनगढी : कोरोना संक्रमितले सुदूरपश्चिमका सरकारी र नीजि अस्पतालहरू भरिभराउ छन्। सुदूरपश्चिममा कोरोना संक्रमितका लागि आवश्यक अक्सिजन अभाव भएको छ। अक्सिजनको सर्पोट चाहिने संक्रमित संख्या बढ्दै जाँदा सीमित अक्सिजन उत्पादन रहेको प्रदेशका अस्पतालहरूमा अक्सिजन चरम अभाव भएको हो।अक्सिजनका सिलिण्डर आएका बेला संक्रमितका आफन्तको लुछाचुँडी गर्ने गरेको र संक्रमितले अक्सिजन नपाएर ज्यान बचाउन नै गाह्रो भइरहेको अवस्था छ।‘अक्सिजनको अभाव छ। प्रदेशको एकमात्र उद्योग धनगढीस्थित मालिका अक्सिजन उद्योगले मागला

ओम अस्पतालमा अक्सिजन अभाव, उपचारमा कठिनाई

काठमाडौं। काठमाडौंको चावहिलस्थित ओम अस्पताल एण्ड रिसर्च सेन्टरले अक्सिजन अपर्याप्त भएको जनाउँदै नयाँ बिरामी भर्ना लिन असमर्थ जनाएको छ। अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै चिकित्सक र नर्स लगायतका मानव संशाधन पर्याप्त हुँदाहुँदै अक्सिजनको अभाव हुँदा नयाँ कोरोना संक्रमितलाई भर्ना गर्न नसकिएको जनाएको हो। अक्सिजन आपूर्ति सहज हुनासाथ उपचार सेवा पूर्ववत सञ्चालन गर्ने अस्पतालले जनाएको छ।

‘सरकार गैरजिम्मेवार बन्दा समस्या’

काठमाडौं, बैशाख २६ । कोरोना नियन्त्रण गर्न नसक्ने भन्दै सरकारले हात झिकिसकेपछि त्यसको दबाब चिकित्सक र अस्पतालमा परेको छ। उपचारमा आफूहरू खटिने प्रतिबद्धता जनाएका चिकित्सकहरू सरकारले नै आँट नदिएपछि थप डराएका छन्। अक्सिजन अभाव हुँदा सरकारले आवश्यक समन्वय नगरिदिएको चिकित्सकको गुनासो छ। सरकार गैरजिम्मेवार भए जनस्वास्थ्यमा ठूलै समस्या आउने चिकित्सकहरूको भनाइ छ। ‘अस्पतालहरूमा अक्सिजन अभाव […]

अक्सिजनको तत्काल व्यवस्थापन गर्न सरकारसँग चिकित्सक संघको माग

काठमाण्डाै – नेपाल चिकित्सक संघले तत्काल अस्पतालहरुमा अक्सिजनको सहज व्यवस्थापन गरिदिन सरकारसँग आग्रह गरेको छ । संघले विज्ञप्ति निकालेर कोरोना सङ्क्रमितलाई अक्सिजन अभाव हुन नदिन अस्पतालमा तत्काल अक्सिजन सिलिण्डरको व्यवस्थापन गर्न सरकारसँग आग्रह गरेको हो । दोस्रो लहरको कोरोना सङ्क्रमण नेपालमा पनि उच्च दरमा बढिरहेको भन्दै संघले तत्काल यसबारे गम्भीर नबने अवस्था भयावह हुने भन्दै सरकारको ध्यानाकर्षण गराएको हो । यस्तै विभिन्न अस्पतालले अक्सिजनको अभाव भई नयाँ बिरामी भर्ना गर्न नसकिएको भनेर विज्ञप्ती निकालेकोप्रति पनि आपत्ति&...

चिकित्सकको माग:तत्काल अक्सिजन अभाव हटाऊ

चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले महामारीको रुपमा फैलिरहेको कोरोनाको दोश्रो लहरले नेपालमा भयावह स्थिति पैदा गरेको जनाउँदै बिरामीका लागि आवश्यक अक्सिजनको बन्दोबस्त गर्न सरकारसमक्ष माग गरेको हो।...

लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन अभाव

रुपन्देही । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजनको अभाव भएको छ । बिरामीले भरिएको अस्पतालमा अक्सिजन अपुग भएपछि अस्पतालका स्वास्थ्यकर्मी, बिरामी र आफन्त अत्तालिएका छन् । चिकित्सक, स्वास्थ्यकर्मी र बिरामीका आफन्तले अक्सिजनका लागि पहल गर्न फोन, सामाजिक सञ्जाल तथा पत्रकारलाई समेत फोन गरेर आग्रह गरेका छन् । अक्सिजन सप्लायर्सले समयमा आपूर्ति नगर्दिँदा अस्पतालमा मौज्दात अक्सिजन सकिएपछि […]

अक्सिजन सकियो, बिरामी छटपटाउँदै

दाङ, बैशाख २० । कोरोना विशेष अस्पताल बेलझुन्डीमा उपचाररत बिरामी अक्सिजन अभावका कारण छटपटाउन थालेका छन्। यहाँ दुई दिनदेखि अक्सिजन अभाव थियो। आपूर्ति र व्यवस्थापनमा सरकारले ध्यान नदिएपछि आइतबार बिहानदेखि स्टक पनि सकिएको छ। बिरामी छटपटाउन थालेपछि अस्पताल प्रशासन र चिकित्सक चिन्तित देखिएका छन्। अस्पतालका व्यवस्थापक द्रोणबहादुर ओलीले आइतबार बिहानदेखि एक सिलिन्डर पनि अक्सिजन नरहेको […]

रेम्डेसिभिर र अक्सिजन अभाव हुनथाल्याे

कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिजन चरम अभाव खड्किएको छ ।दैनिक संक्रमणदर २ हजारमाथि पुगे पनि आमनागरिकले खोप पर्याप्त नहुँदा खोप लगाउन पाएका छैनन् । अस्पताल भर्ना भएका र गम्भीर बिरामी कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डेसिभिर बजारमा सहज रूपमा पाइन छोडेको छ ।अस्पतालमा अक्सिजन प्लान्टसमेत अभाव छ । चिकित्सक र जनस्वास्थ्य विज्ञले संक्रमण रोकथाममा अत्यावश्यक मानिएको खोप, रेम्डेसिभिर र अक्सिजन तयारी अवस्थामा राख्न सरकारलाई