आउटरिच नेपालका संस्थापक शाक्य सिङ्गापुरमा 'मार्केटिङ लिडर' का रूपमा सम्मानित

काठमाण्डाै – आउटरिच नेपालका संस्थापक उजय शाक्यलाई सीएमओ एसिया अवार्डको १४ औँ संस्करणमा 'एशियाज मोस्ट एडमायर्ड मार्केटिङ लिडर' को सम्मान प्रदान गरिएको छ । गएकाे बिहीवार प्यान प्यासिफिक सिङ्गापुरमा आयोजना भएको कार्यक्रममा शाक्यलाई सम्मान गरिएकाे हाे । वर्ल्ड फेडेरेसन अफ मार्केटिङ प्रोफेशनल्सबाट समर्थन प्राप्त सीएमओ एसियाले मार्केटिङको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने मार्केटरलाई सम्मान गर्दै आएको छ । शाक्यलाई नेपालको विज्ञापन बजारलाई व्यावसायिक बनाउन उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै संस्थाले सम्मान ...

सम्बन्धित सामग्री

उजय शाक्यलाई ‘एशियाज मस्ट एडमायर्ड मार्केटिङ लिडर’ अवार्ड

काठमाडौं। आउटरिच नेपालका संस्थापक उजय शाक्यलाई सीएमओ एसिया अवार्डको १४औं संस्करणमा ‘एशियाज मस्ट एडमायर्ड मार्केटिङ लिडर’को सम्मान प्रदान गरिएको छ । गत बिहीवार प्यान प्यासिफिक सिंगापुरमा आयोजना गरिएको एक कार्यक्रममा उनलाई सम्मान प्रदान गरिएको हो । वल्र्ड फेडेरेसन अफ मार्केटिङ प्रोफेशनल्सबाट समर्थन प्राप्त सीएमओ एसियाले मार्केटिङको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने मार्केटरलाई सम्मान गर्दै आएको छ । शाक्यलाई नेपालको विज्ञापन बजारलाई व्यावसायिक बनाउन उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै संस्थाले सम्मान गरेको हो ।  मार्केटिङका विभिन्न रणनीति लागू गर्दै विगत दुई दशकदेखि विश्वव्यापी ब्राण्डलाई नेपालमा स्थापित गराउन शाक्यको सक्रियताको संस्थाले प्रशंसा गरेको छ । सन् २०१५ मा शाक्यले प्रकाशित गरेको पुस्तक ‘ब्राण्ड सूत्र’ले उनको विशेषज्ञतालाई थप पुष्टि गर्ने बताइएको छ । एशियाभरका प्रतिष्ठित उद्योगीको जमघटमा नियमित उपस्थित रहने शाक्य विज्ञापन तथा ब्रान्डसम्बन्धी पुरस्कारको निर्णायक र वक्ताको रूपमा सक्रिय रहँदै आएका छन् । अवार्ड समारोहमा शाक्यले उपभोक्ता र तिनका समस्या समाधानमा मार्केटिङले साथ दिनुपर्नेमा जोड दिए । उनले मार्केटिङमा प्रविधिसँगै मानवीयता पनि महत्त्वपूर्ण हुने बताए ।