नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बाँस्तोला काभ्रेपलाञ्चोकबाट रिहा हुनुभएको छ । सरकारसँग तीनबुँदे सहमति भएसँगै उहाँ शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट रिहा हुनुभएको हो ।
११ दिनदेखि उहाँ काभ्रे हिरासतमा हुनुहुन्थ्यो । प्रहरीले संगठित अपराध, आगजनी लगायतका मुद्दामा उहाँलाई पक्राउ गरेको थियो । उहाँ रिहा भएसँगै उहाँलाई परिवार तथा पार्टीका नेता कार्यकर्ताले स्वागत गरेका थिए । रिहा भएसँगै उहाँलाई प्रहरीले सुरक्षाकर्मीसहित काठमाडौं पठाएको छ ।