काठमाडौं : अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी कोपा अमेरिका फुटबलको सर्वोत्कृष्ट खेलाडी बनेका छन्।अर्जेन्टिनालाई उपाधि दिलाउन सफल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्। ब्राजिको माराकाना रंगशालामा आज बिहान घरेलु टिम ब्राजिललाई १–० ले हराएर अर्जेन्टिनाले उपाधि जितेको थियो।मेस्सी प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत बनेका छन्। मेस्सीले प्रतियोगितामा ७ खेल खेल्दै ४ गोल गरे। उनले ५ असिस्ट समेत गरेका थिए।३४ वर्षीय मेस्सीको यस उपाधि पहिलो अन्तराष्ट्रिय उपाधि समेत हो।