विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले पोखरामा भएको दोस्रो संस्करणको टाइगरकप महिला तथा पुरुष भलिबल प्रतियोगितामा उपाधि जितेका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा महिलातर्फको खेलमा आर्मीलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफ च्याम्पियन बनेको हो ।