'ए' डिभिजन लिग : त्रिभुवन आर्मी र एपीएफ तथा फ्रेन्ड्स र एनआरटी खेल्दै

काठमाण्डाै - सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आजदेखि सातौँ चरणका खेलहरु हुँदैछन् ।  आज त्रिभुवन आर्मी र एपीएफ क्लब  तथा फ्रेन्ड्स क्लब र न्युरोड टिम (एनआरटी) खेल्दै छन् । खेल दशरथ रङ्गशालामा हुनेछ । पहिलो खेलमा दिउँसो १ बजे त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब खेल्ने छन् । यस्तै, आजै हुने अर्को खेलमा बेलुका पौने ५ बजे फ्रेन्ड्स क्लब र न्युरोड टिम (एनआरटी) खेल्ने छन् । 

सम्बन्धित सामग्री

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज (शनिबार) तीन खेल हुँदैछन् । फ्रेन्ड्स क्लबले त्रिभुवन आर्मी फुटबल क्लबसँग, नेपाल पुलिस क्लबले न्युरोड टिम (एनआरटी) सँग र मनाङ मर्स्याङ्दी फुटबल क्लबले नेपाल एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्दैछन् ।

‘ए’ डिभिजन लिगको तयारीको लागि १० क्लबले पहिलो किस्ता बुझे

काठमाडौँ। शहीद स्मारक ‘ए’ डिभिजन लिग २०२३ को लागि १० क्लबले तयारी खर्चको पहिलो किस्ता लिएका छन्। बुधबारसम्म १४ क्लबमध्ये ११ क्लबले दर्ता गर्दा १० क्लबले भने पहिलो किस्ताको तयारी खर्च लिएका हुन्। एन्फाका अनुसार क्लव दर्ता गर्नेमा चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा, थ्रीस्टार क्लब, संकट क्लब, न्यूरोड टिम (एनआरटी) र नेपाल पुलिस क्लबले ए डिभिजनका लागि क्लव दर्ता गरेका छन्।