कोरोना भाइरसको दोस्रो लहरमा अक्सिजन चाहिने बिरामीको संख्या अत्यधिक बढ्यो । अक्सिजन आवश्यकता पर्छ की भनेर धेरैले अक्सिजन सिलिन्डर तथा अक्सिजन कन्सनट्रेटर खरिद गरेर राखे । अक्सिजन कन्सनट्रेटर तथा सिलिन्डरको माग धेरै बढ्यो । सामान्यतया शरीरमा अक्सिजन स्याचुरेसनको मात्रा ९८ देखि १०० प्रतिशत भयो भने स्वस्थ्य मानिन्छ । ९० प्रतिशत भन्दा तल भएको खण्डमा जोखिमपूर्ण मानिन्छ ।