बजेटः ६५ वर्षमै ५ हजार वृद्धभत्ता, कर्मचारीको तलब ३० प्रतिशतसम्म वृद्धि

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट लेखनको काम तीव्र गतिमा भईरहेको छ । अर्थमन्त्री जनार्दन शर्मा निकट स्रोतले बजेट लेखनको काम करिब करिब सकिएको पनि दाबी गरेको छ ।बजेट प्रस्तुत हुने अघिल्लो दिन (जेठ १४ गते) सत्ता गठबन्धनका शीर्ष नेताहरुले केही हेरफेर गराउन सक्छन् भनेर त्यसका लागि ठाउँ राखेर बजेट लेखनको अन्तिम रुपम तयार भईसकेको स्रोतले बताएको छ ।‘सुझाव पनि आईरहेका छन्, लेखिरहँदा पनि आएका कतिपय सुझावहरु एडजस्ट गरिएको अवस्था छ’ स्रोत भन्छ, ‘गठबन्धन सरकार भएकाले बजेट लेखिसकेर कम्तीमा जेठ १३ गते नै शीर्ष नेताहरुसँग एकपटक भित्री छलफल गर्ने अर्थमन्त्रीको मनशाय देखियो, त्यसका लागि लेख्दा नै कतिपय ठाउँहरु खाली राखिएका छन् ।’के के छन् मुख्य विशेषता ?स्थानीय चुनावका लागि मागभन्दा अत्यन्त कम बजेट मात्रै दिएका अर्थमन्त्री कम खर्चमा स्थानीय चुनाव सम्पन्न भएकोमा खुशी छन् । अर्ब माग हुँदा करोड मात्रै बजेट दिएका उनी कम खर्चमा पनि चुनाव सकेपछि आगामी मंसिरमा गर्नैपर्ने संघीय र प्रदेशको निर्वाचनलाई पनि कम बजेट छुट्याउने मनस्थितीमा छन् ।चुनावी वर्ष भएकाले नीजि क्षेत्रले दिएका सुझावभन्दा बाहिर गएर लोकप्रीय बजेट ल्याउने नै ध्याउन्नमा अर्थमन्त्री छन् । दलहरुले भोट तान्ने माध्यमका रुपमा हरेक वर्षजसो वृद्धभत्ता बढाउँदै आएका छन् । आगामी बजेटमार्फत वृद्धभत्ता ५ हजार रुपैयाँ पुर्याइने लगभग निश्चित छ । त्यस्तै वृद्धभत्ता पाउने उमेर पनि ७० वर्षबाट घटाएर ६५ वर्षमा झार्ने तयारी छ । यो विषय प्रधानमन्त्री शेरबहादुर देउवाले नै बोलिसकेका छन् । यद्यपी, बजेट लेखनमा सामेल अर्थका अधिकारीले यो निर्देशन भने नआईसकेको बताएका छन् । जेठ १४ गते बजेटको अन्तिम रुपसहित अर्थमन्त्रीले प्रधानमन्त्रीसहित शीर्ष नेतासँग गर्ने छलफलले त्यहीँ दिन वृद्धभत्ता कति पुर्याउने र कति उमेर कायम गर्ने भन्ने कुरा टुंगो लगाउने स्रोतले बताएको छ । त्यस्तै, कर्मचारीको तलब पनि यसपाली बढ्ने छ । निजामति कर्मचारीको तलब, महँगी भत्ता, पोशाक भत्ता, सवारी भत्ता (यातायात खर्च) बढाउने तयारी अर्थले गरेको छ । चालु वर्षको बजेटमा सबै कर्मचारीको तलब एकरुपताका आधारमा बढाईएको भएपनि आगामी आर्थिक वर्षको बजेटमा प्रतिशतका आधारमा तलब बढाउने तयारी छ । तल्लो तहको कर्मचारीको तलब ३० प्रतिशत र उच्च तहको कर्मचारीको तलब २० प्रतिशतले बढाउने तयारी छ । मुख्यसचिव र प्रधानमन्त्री कार्यालयका सचिवसहित अर्थसचिवले यसको अन्तिम रुप दिनेछन् ।सिलिङ नाघ्नेराष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि अर्थ मन्त्रालयलाई १७ खर्ब ४५ अर्बको बजेट सिलिङ दिएको छ । यो सिलिङ अनुसार योजना आयोगले बजेटको स्रोतमा राजस्व १३ खर्ब ५९ अर्ब, वैदेशिक अनुदान ५१ अर्ब, वैदेशिक ऋण २ खर्ब २८ अर्ब र आन्तरिक ऋण २ खर्ब ५८ अर्ब रुपैयाँ देखाएको छ । आयोगले ६.५ प्रतिशतको आर्थिक वृद्धि दरको लक्ष्य पूरा हुने गरी बजेट तर्जुमा गर्न पनि अर्थलाई भनेको छ । तर, चुनावी वर्षको बजेट भएकाले योजना आयोगले दिएको सिलिङ भन्दा बजेटको आकार बढ्ने प्रक्षेपण पनि सुरु भएको छ । अर्थले पाएको सिलिङमा ५० देखि ६० अर्ब थपेर बजेट तयार पार्ने अनुमान हुँदै आएको छ । कर र भन्सारका दरहरूमा पनि बस्तु अनुसार केही हेरफेर गर्ने तयारी अर्थले थालेको बुझिएको छ ।

सम्बन्धित सामग्री

बागमती सरकारद्वारा कर्मचारीको तलब वृद्धि

मकवानपुर- बागमती प्रदेश सरकारले कर्मचारीको तलब वृद्धि गरेको छ । प्रदेश सरकारले आगामी वर्षको वार्षिक बजेट विनियोजन गर्दै प्रदेश कर्मचारीको तलब १५ प्रतिशतले बढाएको घोषणा गरेको हो । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले साउन १ गतेदेखि लागू हुने गरेर प्रदेश निजामती सेवामा कार्यरत कर्मचारीको तलब संघीय निजामती सरह १५ प्रतिशत बढाइएको […]

बागमती सरकारले पनि बढायो कर्मचारीको तलब

बागमती प्रदेश सरकारले पनि कर्मचारीको तलब वृद्धि गरेको छ । प्रदेश सरकारले आगामी वर्षको वार्षिक बजेट विनियोजन गर्दै प्रदेश कर्मचारीको तलब १५ प्रतिशतले बढाएको घोषणा गरेको हो ।‘साउन १ गतेदेखि लागू हुने गरेर प्रदेश निजामति सेवामा कार्यरत कर्मचारीको तलब संघीय निजामति सरह १५ प्रतिशत बढाइएको छ,’ प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले भने ।यसैगरी, साउन १ गतेदेखि लागू हुने गरेर प्रदेश निजामति र करारमा कार्यरत कर्मचारीलाई मासिक २ हजार महँगी भत्ता दिने व्यवस्था मिलाइएको समेत

सरकारी कर्मचारीको तलब बढ्यो

काठमाण्डाै – सरकारी कर्मचारीको तलब बढेको छ । आउँदो आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक भएको बजेटमा सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाउने उल्लेख छ । महँगी भत्ता र तलब पुनरावलोकन गर्न समिति बनाउने पनि बजेटमा उल्लेख छ ।

कर्मचारीको तलब १५ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलब वृद्धि गरेको छ ।  संसदमा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले ०७९ साउन १ देखि लागू हुने गरी कर्मचारीको तलबमा १५ प्रतिशतले वृद्धि गरेको बताएका हुन् ।  त्यसै गरी, सरकारले कर्मचारीको तलब सुविधा अध्ययन गर्न तथा श्रमिकको तलब सुविधा अध्ययन गर्न उच्चस्तरीय आयोग गठन गर्ने घोषणा […]

सरकारी कर्मचारीको तलब वृद्वि

काठमाडौं १ साउन । केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेट आजबाट पूर्ण रुपमा लागू भएसँगै सरकारी कर्मचारीको तलब बढेको छ । अब कर्मचारीले साउनको तलब २ हजार रुपैयाँ बढेर पाउने छन्। यसअघि दिँदै आएको २ हजार भत्तालाई निरन्तरता दिँदै सरकारले तलब २ हजार रुपैयाँले बढाइदिएको थियो। जेठ १५ को बजेटपछि सबै तहका कर्मचारीको तलब […]

आजदेखि बढ्यो कर्मचारीको तलब

काठमाडौं। नयाँ आर्थिक वर्ष सुरु भएसँगै संघीय सरकारका कर्मचारीको तलब बढेको छ। केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत बजेट ल्याउँदै कर्मचारीको तलब बढाउने घोषणा गरेको थियो। तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ१५ गते बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब दुईहजारले बढाएको बताएका थिए। उक्त घोषणा आजदेखि लागू भएको छ। चालू आर्थिक वर्ष २०७८/७९को बजेट आजदेखि लागू भएसँगै कर्मचारीको तलब पनि बढेको हो।

बागमती सरकारले पनि बढायो कर्मचारीको तलब

काठमाडौं। बागमती प्रदेश सरकारले कर्मचारीको तलब भत्ता दुई हजार रुपैयाँले बढाएको छ। आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री कैलाशप्रसाद ढुंगेलले कर्मचारीको तलब बढाएको जानकारी दिएका हुन्।

सरकारी कर्मचारीको तलब बढ्यो

काठमाण्डाै – सरकारी कर्मचारीको तलब बढेको छ । आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सरकारले कर्मचारीको तलब दुई हजार रुपैयाँका दरले बढाएको हो । यो तलब साउन १ गतेदेखि लागू हुनेछ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहनुभएको छ । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८–७९ को लागि बजेट सार्वजनिक गरिरहेको हो ।  संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैध...

कर्मचारीको तलब १५ प्रतिशत बढाउँदै सरकार

काठमाडौं। आर्थिक वर्ष २०७८/७९ देखि सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढ्ने भएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटबाट कर्मचारीको तलब वृद्धि गर्ने भएको हो। अर्थमन्त्रालय स्रोतले दिएको जानकारीअनुसार सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढ्नेछ। सरकारले यही जेठ १५ गतेसम्म आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ।

कर्मचारीको तलब १५ प्रतिशत बढाउँदै सरकार

काठमाडौं। आर्थिक वर्ष २०७८/७९ देखि सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढ्ने भएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटबाट कर्मचारीको तलब वृद्धि गर्ने भएको हो। अर्थमन्त्रालय स्रोतले दिएको जानकारीअनुसार सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढ्नेछ। सरकारले यही जेठ १५ गतेसम्म आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ।