पाठ्यक्रम कार्यान्वयनमा सकस

राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अस्तित्वमा आएसँगै हाल नेपालको विद्यालयीय शिक्षाको पाठ्यक्रम परिवर्तन गरिएकोे छ । आधारभूत तह कक्षा (१–३) मा यसअघि प्रयोगमा आएको विधागत तथा विषयगत पाठ्यक्रमलाई बदलिँदो परिवेशअनुकूल बनाउन एकीकृत पाठ्यक्रम प्रयोगमा ल्याइएको छ । एकीकृत पाठ्यक्रमको अवधारणा नेपाली परिवेशमा नयाँ थालनी पनि हो । यससम्बन्धमा विद्यालयका प्रधानाध्यापक तथा शिक्षकलाई अपेक्षित अभिमुखीकरण हुन नसक्दा यसको कार्यान्वयन पेचिलो बनेको देखिन्छ । नयाँ प्रारूपअनुसार कक्षा १ देखि १२ कक्षासम्मकै पाठ्यक्रम परिमार्जन गर्ने सन्दर्भमा शैक्षिक सत्र २०७७ मा कक्षा १ र ११ को र यस वर्ष कक्षा २, ३, ६ र १२ को पाठ्यक्रम परिवर्तन गरिएको छ । शैक्षिक सत्र २०८० सम्म विद्यालय तहमा परिवर्तित पाठ्यक्रम लागू गर्नेगरी बाँकी कक्षाका पाठ्यक्रम निर्माण, परीक्षण र प्रयोग हुने काम पनि भइरहेको छ । निजी विद्यालयको असन्तुष्टि र सरकारी निकायको कमजोर समन्वय तथा फितलो अनुगमनका कारण, परिवर्तित पाठ्यक्रम तथा पाठ्यपुस्तक कार्यान्वयनमा भने समस्या देखिएको छ ।

सम्बन्धित सामग्री

स्थानीय पाठ्यक्रम : शिक्षकलाई दिइँदैन तालिम, पढाउनै सकस

काठमाडौं : देशभरका अधिकांश स्थानीय तहले पछिल्लो समय स्थानीय पाठ्यक्रम बनाएर सरकारी (सामुदायिक) विद्यालयमा पठनपाठन भइरहेको छ। केही निजी विद्यालयहरूमा पनि पठनपाठन भइरहेको छ।काठमाडौं उपत्यकाको काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, गोकर्णेश्वर नगरपालिकालगायत स्थानीय तहहरूले स्थानीय पाठ्यक्रम बनाइ पढाउन थालेका छन्।तर शिक्षकहरूलाई स्थानीय तहहरूले नियमित तालिम नदिँदा उनीहरूलाई पढाउनै सकस भएको छ। जसकारण यसबाट अपेक्षित प्रभावकारी भएको पाइएको छैन। काठमाडौं महानगरपालिकाको शिक्षा

स्थानीय तहमा मातृभाषा : कतै उत्साह, कतै सकस

२९ फागुन, काठमाडौ । काठमाडौं महानगरपालिकाभित्रका विद्यालयहरूमा शैक्षिक सत्र २०७७ बाट नेपाल भाषाको पाठ्यक्रम लागू भएको छ । रैथाने भाषा जोगाउन महानगरले सबै विद्यालयमा मातृभाषाको रुपमा नेपाल (नेवारी) भाषा पढाउँदै आएको छ । मातृभाषाकै ज्ञान दिने गरी तयार गरिएको पाठ्यक्रमले उत्साहित गरेको विद्यार्थी तथा अभिभावकले बताउँदै आएका छन् । संस्थागत विद्यालयमा भने शिक्षक अभावमा केही […]