राहदानी विभागले ३४ पृष्ठको राहदानीका लागि लिन थाल्यो आवेदन

काठमाडौं, १ असोज। राहदानी विभागले ३४पृष्ठको राहदानीका लागि आवेदन लिन सुरु गरेको छ। विभागले एक सूचना जारी गर्दै सोमबार (असोज १ गते)देखि ३४पृष्ठको राहदानीको लागि आवेदन लिन सुरु गरिएको जनाएको छ। ३४पृष्ठको राहदानीको बुक सकिएको भन्दै सरकारले ६६ पृष्ठको मात्र वितरण गर्दै आएको थियो। सरकारले साधारण सेवाग्राहीका लागि ३४पृष्ठ र ६६पृष्ठका गरी दुई प्रकारका राहदानी वितरण गर्दै आएको छ।

सम्बन्धित सामग्री

पोर्चुगलबाट २३ सयले दिए राहदानी आवेदन

पोर्चुगल । राहदानी विभाग काठमाडौँको टोलीले युरोपेली मुलुक पोर्चुगलबाट दुई हजार तीन सयभन्दा बढी नेपालीको राहदानीका लागि आवेदन फारम सङ्कलन गरेको छ । राजधानी लिस्बनमा सञ्चालित राहदानी सेवा शिविरबाट टोलीले दुई हजार तीन सय आठ नेपालीको विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरेको हो । झण्डै एक महिनासम्म सञ्चालन भएको शिविरबाट दुई […]

पोर्चुगलबाट २३ सयले दिए राहदानी आवेदन

काठमाडौँ । राहदानी विभाग काठमाडौँको टोलीले युरोपेली मुलुक पोर्चुगलबाट दुई हजार तीन सयभन्दा बढी नेपालीको राहदानीका लागि आवेदन फारम सङ्कलन गरेको छ । राजधानी लिस्बनमा सञ्चालित राहदानी सेवा शिविरबाट टोलीले दुई हजार तीन सय आठ नेपालीको विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरेको हो ।

जब राहदानी विभागका कर्मचारीले सेवाग्राहीको आवेदनमा 'नट फाउन्ड' लेखे...

काठमाडौँ- उदयपुरका रामबहादुर राई बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा भेटिए । काँधमा झोला थियो ।  विभागमा उनी राहदानीका लागि आवेदन दिन आएका होइनन्। उनको व्यथा अन्य सेवाग्राहीको जस्तो पनि थिएन । एक महिनाअघि विभागमा उनले विद्युतीय राहदानीका लागि आवेदन दिएका रहेछन् । घर छिटो फर्कनु परेकाले उनी...

तिब्बतको ल्हासास्थित महावाणिज्यदूतावासबाट विद्युतीय राहदानी सेवा सुरु

काठमाडौँ- चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासले आजदेखि विद्युतीय राहदानी सेवा सुरु गरेको छ । नियोगमा विद्युतीय राहदानी आवेदन दिएका एक नेपाली नागरिकको आवेदन प्रमाणीकरण, ‘लाइभ इन्रोलमेन्ट’ र ‘भेलिडेसन’ को कार्य पूरा गरी छपाइका लागि राहदानी विभाग पठाइएको एक कार्यक्रममा महावाणिज्यदूत नवराज ढकालले जानकारी र्दिए । सो अवसरमा ढकालले विद्युतीय राहदानीका विशेषताका बारेमा जानकारी […]

विद्युतीय राहदानी वितरण गर्न अव आइतवार पनि राहदानी विभाग खुल्ने

वैशाख १२, काठमाडौ । राहदानी विभागले सार्वजनिक बिदाको दिन अर्थात् आइतवार पनि राहदानी विभाग खुल्ने बताएको छ ।  सर्वसाधारणलाई सहज रुपमा विद्युतीय राहदानी उपलब्ध गराउनका लागि यहि जेठ १५ गते आइतवारदेखि प्रत्येक हप्ताको आइतवार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म विभाग खुल्ने विभागले जानकारी दिएको छ । राहदानी विभागमा सेवाग्राहीको चाप बढेकाले सार्वजनिक विदाको दिनसमेत राहदानी सेवा प्रदान गरी सेवाग्राहीहरुलाई सहज र सरल सेवा उपलब्ध गराउन यस्तो नीति ल्याएको विभागको भनाइ छ । राहदानीका लागि आवेदन दिई सम्बन्धित दिनको मिति र समय बुकिङ गर्ने सेवाग्राहीलाई उक्त समयमा विभागले राहदानीसम्बन्धी सेवा प्रदान गर्ने बताएको छ ।

राहदानी बनाउनेको भीड (सम्पादकीय)

आइतबार पाँच हजार जना राहदानीका लागि आवेदन दिन नारायणहिटी परिसरमा रहेको परराष्ट्र मन्त्रालयको राहदानी विभाग पुगेका थिए । राहदानीका लागि एकै दिनमा यति धेरैले आवेदन दिएको यो पहिलो पटक भएको सम्बन्धित अधिकारीहरू बताउँछन् । अनपेक्षित रूपमा राहदानीका लागि आवेदन दिनका लागि भीड लागेपछि व्यवस्थापनमा पनि समस्या उत्पन्न भएको थियो ।