काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनलले ५.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंकको १७औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट ५.७९ प्रतिशतका दरले हुन आउने नगद लाभांश (लाभांश करसमेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हो । साधारणसभाबाट आर्थिक् वर्ष २०७९/०८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ […]