लगातारको वर्षाका कारण पहिरो खस्दा अवरुद्ध बनेको महाकाली राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गअन्तर्गत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको धरमघरमा पहिरो खस्दा आज बिहानैदेखि आवतजावत बन्द भएको थियो । पहिरोलाई दुईवटा जेसिबीको सहयाताले पन्छाएपछि दिउँसोदेखि राजमार्ग खुलेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । अवरुद्ध राजमार्ग खुलेसँगै राजमार्ग पूर्णरुपमा सञ्चालमा आएको र रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । सडक विस्तारको काम चलिरहेको उक्त सडकखण्डमा बे