नगरपालिकाको निर्णय अवज्ञा गर्ने निजी विद्यालयसँग मागियो स्पष्टीकरण

रौतहट : निर्णय नमानेको भन्दै  गौर नगरपालिकाले १० विद्यालयसँग स्पष्टीकरण मागेको छ। विदाको निर्णय अवज्ञा गरेको भन्दै नगरपालिकाले १० विद्यालयसँग स्पष्टीकरण मागेको हो।मुस्लिम समुदायको बकर इद पर्वको अवसरमा नगरपालकाले गत असार २४ गते मा नै सूचना प्रकाशित गरी असार २७ मा सार्वजनिक विदा दिने निर्णय सार्वजनिक गरेको थियो। नगरपालिकाको निर्णय सबै सामुदायिक तथा संस्थागत विद्यालयको हकमा लागू हुने भनिएको थियो । तर, गौर नगरपालिका भित्रका केही विद्यालयले अटेर गरेका थिए। गौर नगरपालिकाले सूचनाको अवहेल

सम्बन्धित सामग्री

सरकारी निर्देशन अटेर गर्ने सप्तरीका विद्यलय सञ्चालक पक्राउ

राजविराज। सप्तरीमा ११ वटा निजी विद्यालय सञ्चालकलाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको छ। कोरोना रोकथामको लागि सरकारले सदरमुकाम राजविराजका विद्यालयहरु बैशाख मसान्तसम्म बन्द गर्न निर्देशन दिएको थियो। यो निर्देशनलाई अवज्ञा गर्ने सञ्चालकलाई नियन्त्रणमा लिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले जानकारी दिए। प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी, राजविराज नगरपालिकाका प्रमुखसहितको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।