धनगढी – सुदूरपश्चिम प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतमा कोरोना दर बढेसँगै सीमा जोडिएको सुदूरपश्चिममा पनि संक्रमितको संख्या बढ्दै गएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कैलाली–कञ्चनपुरका सीमा नाकामा ३५१ जनाको एन्टिजेन परीक्षण गर्दा बिहीबार ९ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै, सेती प्रादेशिक अस्पतालमा भएको पीसीआर परीक्षणमा ९ जनामा संक्रमण देखिएको […]