संखुवासभा : नेकपा माओवादी केन्द्र संखुवासभाले बागी उम्मेदवारी दिएका छिरिङ शेर्पालाई कारबाही गरेको छ।पार्टीमा असन्तुष्टी राख्दै आएका शेर्पालाई माओवादी केन्द्र संखुवासभाले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको माओवादी केन्द्रका जिल्ला संयोजक टेकमान राई (उदय) ले जानकारी दिए।शेर्पा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य हुन्। शेर्पाले प्रदेशसभा (ख) बाट सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्। शेर्पाले पार्टीको हितविपरीत, गठबन्धनको भावना र मर्मविपरीत उम्मेदवारी दिएको कारण पार्टीले कारवाही