ल्हासास्थित नेपाली महावाणिज्य दूतावासको पहलमा गुडविल फाउन्डेसनले तिब्बतबाट नेपाल सरकारलाई ५० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । यस्तै लुसन सिटीबाट लुम्बिनी विकास कोषलाई १० थान कन्सन्ट्रेटर प्राप्त भएको छ । सो सामग्री शनिबार ल्हासाबाट तातोपानीको लागि प्रस्थान गरेको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ ।
यसैगरी नेपाल–चीन तिब्बती स्वायत्त क्षेत्र औद्योगिक पार्कले झापाको दमकको लागि केही मेडिकल सामग्री दिने भएको छ भने त्यसका लागि आवश्यक समन्वय हुनुका साथै केरुङबाट नेपाल आउने ट्रकको संख्या बढाउन समेत थप तया...