प्युठानको मल्लरानी गाउँपालिकाले चालु शैक्षिक सत्रबाट स्थानीय पाठ्यक्रम लागु गरेको छ। पालिकाले स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक समेत छपाइ गरी पालिकाभित्रका विद्यालयमा पठनपाठन सुरु गरेको छ। गाउँपालिकाका शिक्षा शाखा प्रमुख ठाकुर आचार्यका अनुसार कक्षा १ देखि ८ सम्मकै पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गरेर लागु गरिएको हो। गाउँपालिकाभित्र रहेका २३ वटा सामुदायिक र एउटा संस्थागत विद्यालयमा स्थानीय पाठ्यपुस्तकको पढाइ हुने गरेको छ।