काठमाडौं : काठमाडौं महानगरको मतगणना गर्दा स्वतन्त्र उम्मेदवारको एकजना मात्रै प्रतिनिधि राख्ने बिषयमा स्वतन्त्र उम्मेदवार बालेन शाहले असन्तुष्टि जनाएका छन्। सबै उम्मेदवार बराबर भनेर लोकतान्त्रिक पद्धतिको निर्वाचन भएको भन्दै बराबर प्रतिनिधि राख्नुपर्ने उनको माग छ। स्वतन्त्र उम्मेदवार शाहले फेसबुकमा लेखेका छन्, ‘मतगणना गर्दा पाँच जना स्वतन्त्र उम्मेदवारको एकजना प्रतिनिधि भन्ने कुरा आयो। सबै उम्मेदवार बराबर भनेर लोकतान्त्रिक पद्धतिको निर्वाचन भएको छ। उम्मेदवारी दिने समय होस् वा शुल्क वा प