नागरिक उन्मुक्ति पार्टीको दोस्रो जित, कैलाली १ मा रञ्जिता श्रेष्ठ विजयी

कैलाली – नागरिक उन्मुक्ति पार्टीले दोस्रो जित निकालेको छ । कैलाली क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ विजयी हुनुभएको  छ । श्रेष्ठले ३० हजार ७ सय ४ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामजनम चौधरीले १८ हजार ८१ मत ल्याउनुभयो । यस्तै नेकपा एमालेका तपेन्द्रबहादुर रावलले ५ हजार ९ सय १० मत ल्याउनुभएको छ । कैलाली ३ मा यसअघि नै नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी भइसक्नुभएको छ । 

सम्बन्धित सामग्री

कैलाली-१ मा नागरिक उन्मुक्तिकी श्रेष्ठको अग्रता, राम जनम दोस्रो स्थानमा

५ मंसिर, कैलाली । काठमाडौं क्षेत्र नं. १ को प्रारम्भि मतगणनामा नागरिक उन्मुक्ति पार्टी अगाडि देखिएको छ । नेपाली कांग्रेस दोस्रो स्थानमा छ । नागरिक उन्मुक्ति पार्टीकी उम्‍मेदवार रञ्जिता श्रेष्ठ चौधरीले १०९ मतले अग्रता बढाएकी हुन् । श्रेष्ठले २ हजार ६९ मत पाउँदा सत्ता गठबन्धनकाउम्‍मेदवार राम जनम चौधरीले १६० मत ल्‍याएका छन् । यस्तै नेकपा […]

कैलाली १ मा त्रिपक्षीय प्रतिस्पर्धा

धनगढी– कैलाली १ मा नागरिक उन्मुक्ति पार्टी र गठबन्धनको साथ पाएको नेपाली कांग्रेस विगतको आफ्नो विरासत जोगाउन प्रयासरत छन् । एमाले भने थारु मत विभाजित हुँदा आफ्नो पक्षमा नतिजा आउने आशमा छ । नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ चौधरी आफ्ना श्रीमान् रेशम चौधरीले २०७४ मा प्राप्त गरेको जित र गत वैशाखमा भएको पालिकाको निर्वाचनमा पार्टीले […]

कैलाली १ मा त्रिपक्षीय प्रतिस्पर्धा : रामजनम र रञ्जितालाई विरासत जोगाउने चुनौती

धनगढी। कैलाली १ मा नागरिक उन्मुक्ति पार्टी र गठबन्धनको साथ पाएको नेपाली कांग्रेस विगतको आफ्नो विरासत जोगाउन प्रयासरत छन् । एमाले भने थारु मत विभाजित हुँदा आफ्नो पक्षमा नतिजा आउने आशमा छ । नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ चौधरी आफ्ना श्रीमान् रेशम चौधरीले २०७४ मा प्राप्त गरेको जित र गत वैशाखमा भएको पालिकाको निर्वाचनमा पार्टीले […]