यहाँस्थित ठूलापोखराका ज्ञानप्रसाद पाण्डे ०४८ सालमा उपभोक्ता समितिको उपाध्यक्ष भएर गाउँमा खानेपानी योजना सम्पन्न गर्ने काम गरे । उपल्लो टिकुरे मुहानबाट गाउँसम्म आठ किलोमिटर आयोजना ३० लाख रुपैयाँ लगानीमा एकै वर्षमा सम्पन्न भएर गाउँमा पानीका धारा खसेको थियो । टोलका धारामा पानी थापेर गाग्रीमा घरमा ल्याउन पाउँदा स्थानीय खुसी थिए ।