चीनका राष्ट्रपति सी चिनपिङले अघिल्लो महिना गरेको ऐतिहासिक सम्बोधनमा अत्यधिक उच्च आयलाई समायोजन गर्नुपर्ने र साझा समृद्धिलाई प्रवर्धन गर्नुपर्ने भनेका थिए ।
साझा समृद्धिलाई प्रवर्धन गर्नैका लागि देशको नियामक निकायले ठूला प्रविधि कम्पनीहरूलाई अनुशासनमा राख्न विभिन्न कदम चालेको छ । विशेषगरी इन्टरनेट उद्योगबाट चीनका धनाढ्यहरूले वैध तथा अवैध सबै तरिका अपनाएर अकूत सम्पत्ति कमाएको सन्दर्भमा नियामक निकायले कारवाही शुरू गरेको हो ।
ठूला कम्पनीहरूमा लगाम कस्ने कदमसँगै राष्ट्रपति सीले आय असमानतालाई निराकरण गर्ने विषय उठाएका ...