वडा सदस्य उम्मेदवार महिलाको मृत्यु

बुटवल ।  रूपन्देहीको मर्चवारी गाउँपालिकामा वैशाख ३० गते हुने स्थानीय चुनावका लागि वडा सदस्य पदमा उम्मेदवार दिनुभएकी एक महिलाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नंं. ३ को दलित महिला सदस्य पदका नेकपा एमालेकी उम्मेदवार कुसुमी पासीको शनिबार मृत्यु भएको हो । निर्वाचन अधिकृत सरोज पोखरेलले उम्मेदवारको मृत्युले निर्वाचन प्रभावित नहुने तर परिचयपत्र वितरण र […]

सम्बन्धित सामग्री

करेन्ट लागेर पोखरामा एकजनाको मृत्यु

कास्की : करेन्ट लागेर पोखरा–१८, सराङकोटमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सराङकोट गोठादीकी ३० वर्षिया मेनुका बस्नेत थापा रहेको पोखर प्रहरीले जनाएको छ। कुखुरालाई दाना दिने क्रममा करेन्ट लागेर मृत्यु भएको वडा सदस्य कल्पना कार्की ढकालले जानकारी दिइन्। थापाको पोष्टमार्टम पछि बुधवार पोखरास्थित रामघाटमा अन्तेष्टी गरिएको छ। उनका श्रीमान् तथा ११ वर्षेका छोरा र ७ वर्षकी छोरी छन्।

मोटरसाइकलमा सारी बेरिएर दुर्घटना हुँदा महिलाको मृत्यु

बैतडी : मोटरसाइकल दुर्घटना हुँदा बैतडीमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–१ की ५० वर्षीया लक्ष्मी साउद छन्।पञ्चेश्वर गाउँपालिका–१ का वडा सदस्य परमलसिंह घटालले चलाएको सु.प.प्र.०१–००३ प २६६१ मोटरसाइकल पञ्चेश्वर गाउँपालिका–३ गोगनपानीमा दुर्घटनामा परेको हो।कुलाँउबाट आमचौरातर्फ गइरहेको मोटरसाइकल कच्ची सडकमै पल्टिएको प्रहरीले जनाएको छ। बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाका अनुसार मोटरसाइकलमा सवार लक्ष्मी गम्भीर घाइते भएकी थिइन्।ओझाले

तनहुँमा पहिरोले पुरिएर महिलाको मृत्यु

तनहुँको ऋषिङ गाउँपालिका–७ डढीवनमा पहिरोले पुरिएर एक महिलाको मृत्यु भएको छ । बुधबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिरोले पुरिएर आज बिहान ती महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा अन्दाजी ५२ वर्षीया देवीसरा थापा रहेको वडा सदस्य याम सारुमगरले जानकारी दिए । घरबाट भाग्ने क्रममा माथिबाट खसेको पहिराले पुरिएर उनको मृत्यु भएको हो । मृतकका श्रीमान् भने भागेर ज्यान बचाउन सफल हुनुभएको छ । “घरबाट भाग्न खोज्दा चप्पल हिलोमा गड्यो, चप्पल टिप्न खोज्दा पहिरोले पुर्यो,” उनले भने,

सर्लाहीमा सर्पले डसेर एक महिलाको मृत्यु

सर्लाहीको ईश्वरपुर नगरपालिका–१४, श्रीनगरमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ ।  स्थानीय ५० वर्षीया पनियाँ देवीको गोमन सर्पको डसाइबाट मृत्यु भएको हो । पनियाँ देवीलाई आइतबार राति छिमेकीको घरको आँगनमा बसेर कुरा गरिरहेका बेला सर्पले डसेको थियो । सर्पले डस्नासाथ महिलालाई उपचारका लागि नवलपुरस्थित सर्पदंश उपचार केन्द्र ल्याइएको थियो । गम्भीर अवस्थामा ल्याइएकी महिलालाई त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि जनकपुर लाने क्रममा बाटोमा नै मृत्यु भएको ईश्वरपुर नगरपालिका–१४, का वडा सदस्य जोगेन्द्र चौधरीले जानकारी दिनुभयो ।