काठमाण्डाै – नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टीकाे उपाध्यक्षमा उम्मेदवारीको घोषणा गर्दै भोट माग्न थाल्नुभएको छ ।
सामाजिक संजाल फेसबुकमार्फत उम्मेदवारी घोषणा गर्दै भुसालले भोट माग्न थाल्नुभएको हो । उहाँले दलाल पुँजीको अन्त्य र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गरौं, सामूहिकता, विधि र विचारसहित नेकपा एमालेको पुनरोदय गरौं भन्दै उम्मेदवारी घोषणा गर्नुभएको छ । एमालेको १० औं महाधिवेशन चितवनमा जारी छ ।