गर्मी मौसममा पसिना आउनु सामान्य नै हो । तर, पसिनासँगै शरीर गन्हाउने समस्याले भने चिन्ता बढाउँछ । पसिनाको गन्ध कम गर्न मानिसहरु विभिन्न प्रकारका कस्मेटिकको प्रयोग गर्ने गर्छन् । तर यस्ता चिजहरु स्वास्थ्यका लागि हानिकारक हुन्छ । त्यसका लागि घरेलु उपायहरु अपाउन सकिन्छ ।सिरेबिरे नुन सबै घरहरुमा सिरेबिरे नुन पाइन्छ । यसमा क्लिन्जिङ गुण पाइने भएकाले शरीरमा आउने पसिनाको दुर्गन्ध कम गर्न मद्दत गर्छ । यसको लागि एक बाल्टी मनतातो पानीमा सिरेबिरे नुन मिसाएर नुहाउने गर्दा शरीरमा पसिनाको गन्ध हराएर जान्छ