कपालमा चायाँ परेर हामीमध्ये धेरैजना हैरान भइरहेका हुन्छौं । चायाँले कपाललाई मृतप्रायः बनाइदिन्छ ।
बजारमा चायाँ हटाउने श्याम्पुहरू पाइन्छन् तर कुनै पनि श्याम्पुले पूर्णतः चायाँ हटाउन सक्दैनन् । त्यसैले यो ढीठ चायाँलाई हटाउनका लागि घरेलु उपाय अपनाउने सल्लाह दिइन्छ । यी हुन् उपाय :
१. कालो माटो कपालका लागि राम्रो मानिन्छ । दुई घन्टा कालो माटोलाई पानीमा भिजाएर कपाल धुनुस् । कपाल मुलायम पनि हुन्छ अनि चायाँ पनि हट्छ ।
२. दहीमा बेसन घोलेर कपालको जरासम्म पुग्नेगरी धुनुस् । यसो गर्दा कपाल चम्किलो हुन्छ अनि चायाँ पनि हराउँछ...