काठमाडौं : अमेरिकाको फ्लोरिडामा आएको इयान नामक समुद्री आँधीका कारण कम्तीमा १९ जनाको मृत्यु भएको छ। थुप्रै मानिस बेपत्ता भएको अनुमान गरिएको सिएनएनले जनाएको छ। अहिले अधिकारीहरुले खोजी तथा उद्दार जारी राखेका छन्। आँधीले घरहरु भत्काएको छ। सडक तथा पुलमा पनि क्षति पुगेको छ। आँधीबाट २५ लाख मानिस प्रभावित भएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले इतिहासमै सबैभन्दा खराब समुद्री आँधीबाट जनधनको ठूलो क्षति हुन पुगेको उल्लेख गरेका छन्। त्यहाँका राष्ट्रिय मौसम सेवाका अनुसार आँधी दक्षिण क्या