चक्रवातले पर्वतारोहण प्रभावित

काठमाडौँ / मौसम खराबीका कारण सगरमाथासहितका विभिन्न हिमाल आरोहण प्रभावित भएको छ ।  हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण नेपालको हिमाल आरोहण प्रभावित

सम्बन्धित सामग्री

अबदेखि पर्वतारोहण संघको बजेट सरकारले ब्यहोर्ने

नेपाल पर्वतारोहण संघ (एनएमए) को बजेट अब सरकारले बेहोर्ने भएको छ । संघका वरिष्ठ उपाध्यक्ष ठाकुर पाण्डेले संविधानबमाेजिम अब एनएमएकाे बजेट सरकारले ब्यहाेर्ने भएकाे जानकारी दिए  ।

कालापत्थरमा राष्ट्रिय झण्डा फहराउँदै पर्वतारोहण संघ

काठमाडौँ : नेपाल पर्वतारोहण संघले ५० औँ स्थापना दिवसको अवसरमा सगरमाथाको आधारशिविर कालापत्थरमा राष्ट्रिय झण्डा फहराउने भएको छ।संघले आइतवार पत्रकार सम्मेलन गर्दै जलवायु परिवर्तनले पार्ने असरका बारेमा विश्वलाई सन्देश दिन पर्वतारोहण संघले ५० औं स्थापना दिवसको अवसरमा सगरमाथाको आधारशिविर कालापत्थरमा राष्ट्रिय झण्डा फहराउन लागेको बताएको हो।संघका महासचिव मोहन लम्सालले सन् २००९को डिसेम्बर ४ मा मन्त्रिपरिषद्को बैठक आयोजना गरिएको स्थान सगरमाथा आधारशिविर नजिकै रहेको कालापत्थरमा राष्ट्रिय झण्डा फहराउन लागेको

पर्वतारोहण संघको अध्यक्षमा निमा नुरु शेर्पा निर्वाचित

नेपाल पर्वतारोहण संघको अध्यक्षमा निमा नुरु शेर्पा निर्वाचित भएका छन्। गए राति सम्पन्न अन्तिम मत परिणामअनुसार शेर्पा ७३५ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी राजेन्द्रमान श्रेष्ठले १२२ मत...

पर्वतारोहण संघमा दुई समूहबीच प्रतिस्पर्धा

पर्वतारोही र पर्वतारोहण व्यवसायमा आवद्ध व्यवसायीहरूको छाता सङ्गठन नेपाल पर्वतारोहण सङ्घको नयाँ नेतृत्वका लागि दुई समूहबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।सङ्घको यही जेठ २७ र २८ गते हुन लागेको अधिवेशन तथा निर्वाचनमा दुई समूहले प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् । अध्यक्षसहित पदाधिकारी र सदस्य पदका लागि पर्यटन व्यवसायी निमानुरु शेर्पा समूहले उम्मेदवारी मनोनयन दर्ता गरिसकेको छ । पर्वतारोही माया शेर्पा समूहले पनि छुट्टै मनोनयन दर्ता गराएको छ । यद्यपि माया शेर्पाले अध्यक्षमा निमानुरु शेर्पालाई स

पर्वतारोहण संघको सदस्यमा धमलाको उम्मेदवारी

काठमाडौं, २६ जेठ । नेपाल पर्वतारोहण संघ नेपालको भोलि हुने निर्वाचनमा पर्यटन व्यवसायी रामचन्द्र धमलाले सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । भोलि (जेठ २७ गते) हुने पर्वतारोहण संघ नेपालको निर्वाचनको लागि धमलाले निमा नुर्बु शेर्पाको प्यानलबाट उम्मेदवारी दिने भएका हुन् । दुई दशक भन्दा लामो पर्वतीय पर्यटनमा लागेका धमलाले सामाजिक सञ्जालमार्फत कुशल नेतृत्वको लागि […]

पर्वतारोहण सङ्घले पाँच वर्षमा के–के काम ग¥यो

काठमाडौँ,२४ जेठ । पर्वतारोहीहरुको छाता सङ्गठन नेपाल पर्वतारोहण सङ्घको पछिल्लो नेतृत्वले झण्डै पाँच वर्षको अवधिमा उल्लेख्य काम गरेको दाबी गरेको छ । विसं २०७४ मा सन्तवीर लामाको नेतृत्वमा चयन भएको सङ्घको कार्यसमितिले कोभिड–१९ महामारीको असहज परिस्थितिकाबीच केही स्मरणयोग्य काम गरेको जनाएको छ । सङ्घको कार्यसमितिले अन्तिम अवधिसम्मको कामबारे पत्रकार सम्मेलन गरी पर्वतारोहणमा पदप्रदर्शक उत्पादन, पर्वतारोहण […]

नेपाल–अमेरिकासम्बन्धको हिरक जयन्तीमा पर्वतारोहण अभियान सञ्चालन हुने

काठमाडौँ– नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औं वार्षिकोत्सव अर्थात् हिरक जयन्तीको अवसरमा पर्वतारोहण अभियान सञ्चालन हुने भएको छ । काठमाडौँमा आयोजित कार्यक्रमार्फत् दुई देशका आरोही सम्मिलित पर्वतारोहण दलले अमेरिकाको सबैभन्दा अग्लो हिमाल डेनालीको संयुक्त आरोहण गर्ने जानकारी दिइएको हो । सन् १९४७ मा अमेरिकाले नेपाललाई स्वतन्त्र राष्ट्रको मान्यता दिएको साथै सन् १९४८ […]

पर्वतारोहण संघको साधारणसभा चैत ९ मा

पर्वतारोहीहरुको छाता संगठन नेपाल पर्वतारोहण संघ (एनएमए)को ३१औं वार्षिक साधारणसभा आगामी चैत ९ गते आयोजना हुने भएको छ। कोभिड–१९ महामारीका कारण अघिल्लो वर्ष हुनुपर्ने संघको साधारणसभा तथा नयाँ कार्यसमिति चयनका...

पर्वतारोहण संघद्धारा पर्वतारोहीलाई राहत वितरण

काठमाडौं । निपोन फाउण्डेशनको सहयोगमा नेपाल पर्वतारोहण संघले पर्वतारोहीहरुलाई राहत सामग्री उपलब्ध गराएको छ । फाउण्डेसनले ३ हजार १ सय २५ जना पर्वतारोहीलाई राहत सामग्री उपलब्ध गराएको हो । नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले कोरोना महामारीको मारमा परेका पर्वतारोहीहरुका लागि मित्रतास्वरुप उपहार भएको पनि बताउनुभयो । अध्यक्ष लामाले ढिलो गरेर सुरु भएपनि पर्यटन मजदुरको […]

निर्मल पुर्जा नेपाल पर्वतारोहण संघको सद्भावनादूत नियुक्त

विश्वको दोस्रो उच्च शिखर माउण्ट केटु जाडो याममा आरोहण गरेर कीर्तिमान बनाएको नेपाली हिमाल आरोही निर्मल पुर्जालाई नेपाल पर्वतारोहण संघले सद्भावनादूत नियुक्त गरेको छ